बालाराम शेर्पाली
रुकुम(पूर्व)को भूमे गाउँपालिका वडा नम्बर ७ स्थित धर्मशालामा आज नेकपा माओवादी केन्द्रको घर दैलो सम्पन्न भएको छ । त्यहाँ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व युवा खेलकुद मन्त्री दलजित शेर्पालिसँगै अहिलेका पालिका तथा वडाका उम्मेद्वारहरुको उपस्थितीमा घरदैलो तथा प्रचारप्रसार कार्यक्रम गरिएको हो ।
अभियानको क्रममा त्यहाँका नागरिकहरुले सञ्चार, खेलकुदको लागि आरसिसि भबन निर्माण गर्नुपर्ने, कृषि क्षेत्रलाई बढी जोडदिनु पर्ने, वडाको सबै टोलमा एक घर एक धारा निर्माण गर्नुपर्ने लगाएतका मागहरु राखेका छन् । भूमे गाउँपालिका अध्यक्षका उम्मेदवार होम प्रकाश श्रेष्ठले यस वडालाई पकेट क्षेत्र र भेडा बाख्रा बङगुर जस्ता पशुपालनमा जोडदिने बताउनुभएको छ । यस्तै आर सि सि पुलको निर्माण गर्ने, शुशाशनमा सबै लाइ निष्पक्ष ऐन तथा नियम सुनश्चित गर्ने, दलित जनजाति, पछि परेको पिडित वर्गलाइ अगाडि बढाउने जस्ता कुरामा प्रतिबद्धता रजनाउनुभएको छ ।
चुनाव प्रचारप्रसार तथा घरदैलो अभियान कार्यक्रमको सन्चालन वाइसियलका केन्द्रिय सदस्य सुनिल रोकाले गर्नुभएको थियो ।