बालाराम शेर्पाली/रुकुम(पूर्व)


रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा नेकपा माओवादी केन्द्रको चुनावी अभियान गरिएको छ । आसन्न स्थानीय तह चुनावको प्रचारप्रसार अभियानमा लागेको नेकपा माओबादी केन्द्रले शुक्रबार भूमे ९ चुनबाङमा कार्यक्रम गरेको हो ।

पालिका अध्यक्ष, उपाध्यक्ष, वडाका उम्मेदवारी सहितको केन्द्रीय नेता एवं नेताहरुको टोलीले चुनाव प्रसार प्रसार गरिरहेका छन । जसअन्तर्गत आज छैठौं दिन चुनबाङ स्थित गैरीगाउँमा विभिन्न कला संस्कृति गाजाबाजा, नाराजुलुस सहित सभ्य र भव्य रुपले गाउँ परिक्रमा गरिएको थियो ।

भूमे गाउँपालिका अध्यक्षका उम्मेदवार होमप्रकाश श्रेष्ठले नागरिकका मागमा प्रतिवद्धता जनाउनुभएको छ । श्रेष्ठले गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थापन गर्ने, स्वास्थ्य सेवा उपलब्ध गराउने, वडामा रहेको स्वास्थ्य चौकीमा ल्याव सेवा उपलब्ध गराउने, बालबालिकाले पढ्न चाहेको तर आर्थिक समस्या भएकालाई विना व्याज, विना धितो ऋण दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । यस वडामा नागरिकले पाच वर्ष अघि पूरा नभएका कामलाई पूर्णता दिइनु पर्ने, सडक पहुँच नभएको ठाउँमा सडक पुर्याउने लगायतको माग राखेका छन् ।

माओबादी केन्द्रको तर्फबाट भूमे ९ वडाध्यक्ष उम्मेदवार विनोद बुढा, दलित महिला सदस्य मनकुमारी नेपाली, महिला सदस्य सुनिता बुढा, खुल्ला सदस्यमा भने आइतबहादुर ओली र गणबहादुर पुन रहनुभएको छ । माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व खेलकुद मन्त्री दलजित शेर्पालीको प्रमुख उपस्थितीमा घरदैलो तथा चुनावी अभियान सञ्चालन गरिएको हो ।