रुकुम(पूर्व) मा माओवादी केन्द्रको तर्फबाट सिस्ने गाउँपालिका अध्यक्षका उम्मेद्धार कृष्ण रेग्मीले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने बताउनुभएको छ । सोमबार ४ नम्बर वडाको दादिङमा भएको चुनावी सभालाई सम्बोधन गर्दै रेग्मीले यस्तो बताउनुभएको हो । माओवादी शान्ति प्रकृयामा आएपछि सिस्ने गाउँपालिकामा केहि पूर्वाधाररको विकास भएता पनि पूर्वाधारको विकासले मात्र नागरिकका समस्या समाधान हुन नसक्ने भएकाले चुनावमा विजयी भएपछि नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।
गाउँपालिकाका सवै वडामा शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, सञ्चार र खानेपानीलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ । रेग्मिले भन्नुभयो, “जटिल अवस्थाका बिरामीहरुलाई गाउँ छिमेकमै अप्रेसन गर्नको लागि स्वास्थ्य सेवामा गरिएको अधिकतम परिकल्पनालाई पूरा गर्नेछौ । संघ सरकार, प्रदेश सरकारका विभिन्न योजनाहरुलाई स्थानीय सरकारबाट पहिल्याउनुपर्ने भएकोले त्यस्ता योजनाहरुलाई विष्पक्ष र पारदर्शी ढङ्गले नागरिककै हकहितका लागि खर्चिने छौ ।”
यस्तै उपाध्यक्ष पदका उम्मेदवार आस्था विकले अन्यायमा परेका समुदायहरुको न्यायका लागि हरपल लड्ने बताउनुभयो । परनिर्भर भएर जीवन निर्वाह गरिरहेका महिलाहरुलाई व्यवसायिक बनाउने परिकल्पनालाई साकार गराउने उहाको भनाइ छ । यस्तै वर्तमान सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले समग्र देशको हक हित र विकासका लागि पनि माओवादी केन्द्रलाई नै चुन्नुपर्ने बताउनु भयो । हिजो आफू माओवादी केन्द्रबाट निर्वाचित भैसकेपछी गाउपालिकाको विकासको पाटोलाई बलियो बनाएको बताउदै देशै माओवादीको इशारामा चलेको पनि उहाले दाबी गर्नुभयो । देशकै नेतृत्व गर्न सक्ने क्षमता भएको माओवादी पार्टीलाई जिताउन उहाले अपिल गर्नुभयो ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम पूर्व मन्त्रि गनेशमान पुनले सिस्ने गाउँपालिकामा विकासको कायपलट ल्याउन माओवादी केन्द्रका उम्मेद्धारलाई विजय गराउन अनुरोध गर्नुभएको छ । समानुपातिक समावेशीमा जोड दिएको र जनताको घरघरमा सेवा दिनुपर्ने कुरालाई अग्रसर गराउने एक मात्र पार्टी माओवादी रहेको उहाले बताउनुभयो । ६४ सालदेखि विकासको गुफा देखाउने प्रमुख भुमिकामा माओवादी केन्द्र नै रहेको पनि पुनले बताउनुभयो । स्थानिय स्तरमा उत्पादन भएका कृषि उपजहरुलाई सहकारीमार्फत विक्री वितरण गर्ने वातावरण गाउँपालिकाले मिलाउने उहाँले बताउनुभयो । नागरिक मैत्री विकासका लागि माओवादीका उम्मेद्धारलाई भोट दिन नागरिक समक्ष उहाँले आग्रह गर्नुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व खेल्कुद मन्त्री दलजित शेर्पालीले जनयुद्ध गरेर गणतन्त्र स्थापना गरेका वजनदार माओवादीका उम्मेदवारहरुलाई प्रतिद्वोन्दीसङ्ग तुलना नगर्न सम्पुर्ण कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । माओवादी केन्द्रको आधार ईलाका रहेको रुकुम पुर्वमा माओवादीको जित सुनिश्चित रहेको उहाको भनाइ छ ।