
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दैनिक उपभोग्य वस्तुमा मूल्यबृद्धिको घोर भत्र्सना गरेको छ । राप्रपाले आज प्रमुख जिल्ला अधिकारी समक्ष दैनिक उपभोग्य वस्तुमा भएको मूल्यबृद्धि फिर्ताका लागि ज्ञापन पत्र बुझाएको छ ।
देशमा पेट्रोलियम तथा दैनिक उपभोग्य वस्तुमा जनताले किन्न नसक्ने गरी अत्याधिक मूल्यबृद्धि भएकोमा राप्रपा रुकुम(पूर्व) ले आपत्ती जनाएको छ । जिल्ला सचिव अमरबहादुर शाही र सहसचिव ऋषिकेश शाहद्धारा हस्ताक्षरित ज्ञापन पत्र मूल्यबृद्धि फिर्ता गराउन पहलका लागि प्रशासनमा बुझाइएको छ । मूल्यबृद्धि फिर्ता गराउन पहल गरी जनताप्रति उत्तरदायि भइदिन ज्ञापनपत्रमार्फ अनुरोध गरिएको छ ।