सुर्य प्रकाश बुढामगर/रोल्पा


लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसीले पहिले युद्धको केन्द्र रोल्पा अब सिर्जना र मेहनतको केन्द्र बन्ने बताउनुभएको छ । बिहीबार रोल्पाको लिबाङ टुँडिखेलमा आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पाको प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि, खेलकुद तथा प्रविधि प्रदर्शनी व्यापारी एवं पर्यटन महोत्सवको समुद्घाट्न गर्दै उहााले यस्तो बताउनुभएको हो ।

महान १० बर्षे जनयुद्धमा रोल्पाले खेलेको भुमिका अतुलनीय रहेको बताउदै उहाँले अब यहाँ कृषि, शिक्षा रोजगारको हिसाबले सक्षम हुनुपर्ने बताउनुभयो रोल्पामा हुने उत्पादन वस्तु प्रदेशसम्म जोड्न सकेमा यहाँका नागरिकको आर्थिक स्तरमा सुधार आउने भनाई उहाँको छ । रोल्पा राजनीति, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय हिसाबले धनी भएको समेत उहाँले बताउनुभयो ।

फरक प्रसंगमा मुख्यमन्त्रि केसीले प्रतिपक्ष दलका केहीँ व्यक्तिले विरोध गरेको र उक्त कुरा सत्य साबित नभएको समेत बताउदै अबको पाँच बर्षसम्म पाँच दलिय गठबन्धन पार्टी एक भएर जाने बताउनुभयो । स्थानीय तहमा पनि सत्तारुढ दलहरू तालमेल गरेर चुनावमा होमिने समेत बताउनुभयो । आफुहरुको गठबन्धन देखेर विपक्ष दल सलबलाई रहेकोे भनाई उहाँको थियो ।

बैशाख ३० पछी पनि आफूहरू सरकारको नेतृत्व गर्ने केसीले बताउनुभयो । प्रदेश सरकारले अहिले साना तथा मझौला उद्योगहरु स्थापना गरेको बताउदै यहाँ उत्पादन भएको वस्तुलाई त्यहाँसम्म निर्यात गर्न आफू प्रतिवद्ध रहेको पनि मुख्यमन्त्रि केसीले बताउनुभयो । आफ्नो ठाउँमा केहीं गर्न चाह्ने सीप, क्षमता, दक्षता र मेहनत गर्नेको लागि प्रदेश सरकार लगानी गर्न तयार रहेको समेत मन्त्री केसीले बताउनुभयो ।