रुकुम(पूर्व) मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जनवर्गिय संगठन र पेशागत संगठनको संयुक्त भेला तिथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको पथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा पार्टीका केन्द्रिय सदस्यहरुको उपस्थितीमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।

आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गरि जवस र पेशागत संगठनको भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम(पूर्व) ले जानकारी दिएको छ । कार्यक्रममा जिल्लामा रहेका जनवर्गिय संगठनहरुले आफुले गरेका गतिविधिहरुको रिपोर्टीङ गरेका थिए । साथै आगामी चुनावको लागि आवश्यक सल्लाह सुझाव पनि पार्टीलाई राखेका थिए ।

पार्टीका नेतृत्वहरुले पनि भेला तथा प्रशिक्षण कार्यक्रममा आएका सल्लाह सुझावलाई आत्मसाथ गर्दै काम गर्ने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति रुकुम(पूर्व) संयोजक होमप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमला रोकाको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओली, केन्द्रिय सदस्य एवम् जिल्ला सहइन्चार्ज जुनकुमारी रोका, केन्द्रिय सदस्य सुबोधराज शेर्पाली, वैकल्पिक केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठको विशेष आतीथ्यता रहेको थियो ।

यसैगरी कार्यक्रममा पार्टी प्रदेश कार्यालय सदस्य रामसुर बुढा मगर, प्रदेश सदस्यहरु जयबिर घर्ती, भिमकुमारी पुन, कुमारी बराल, जिताराम कामी, महेन्द्र बुढा, संगम रोका, धनमान पुन, मनकुमारी बुढा, ओमकुमारी शाही, तीर्था पुनलगाएत सल्लाहकार समिति सदस्यहरुको आतीथ्यता रहेको थियो । नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँ संगठन समितिका अधयक्ष हर्कबहादुर कामीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र केन्द्र जिल्ला समन्वय समितिका सचिव पुनीराज घर्तीले गर्नुभएको थियो ।