रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा प्रेस सेन्टर नेपालको पालिकास्तरीय समिति निर्माण गरिएको छ । सिस्नेमा निराजन सिर्पालीको अध्यक्षतामा १३ सदस्यीस समिति निर्माण गरिएको हो । जसको उपाध्यक्षमा श्रीधर खड्का, गिता रोका, सचिवमा पुजन खड्का, सहसचिवमा निरजला थापा र कोषाध्यक्षमा शेषकुमारी सुनार रहनुभएको छ ।

जसको सदस्यहरुमा बिपना बुढा, प्रदिप विक, कमला विक, सन्ध्या सुनार, सरविन्दा शाह र विरश थापा चयन हुनुभएको छ । रुकुमकोटमा सम्पन्न सिस्ने गाउँपालिकाको पहिलो भेलाले प्रस सेन्टरको पालिकास्तरीय नयाँ समिति चयन गरेको हो ।

शेषकुमारी सुनारको अध्यक्षतामा भएको भेलामा नेकपा माओवादी केन्द्रका सिस्ने गाउँ संगठन समिति अध्यक्ष मन्सराम खड्का भिक्टरको प्रमुख र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एवम् जिल्लाका फ्क्सन इन्चार्ज गनेश ओलीको विशेष आतीथ्यता रहेको थियो । भेलामा प्रेस सेन्टरका लुम्बिनी प्रदेश सदस्य बसन्त बाँठा मगर, जिल्ला अध्यक्ष सर्जना कार्की, उपाध्यक्ष जयमान बुढामगर, बिक्रम परियार, उर्मिला गौतम, सदस्य जमुना गौतमलगाएतको आतीथ्यता रहेको थियो ।