रुकुम(पूर्व) को भूमे गाउँपालिकामा दोस्रो भूमे फीडे रेटिङ चेस च्याम्पीयनसिप २०७९ आज उद्धघाटन भएको छ । भूमे गाउँपालिका वडा नम्बर १ लुकुममा च्याम्पियनसिप सुरु भएको हो । भूमे गाउँपालिकामा रहेको युवा विकास केन्द्रको आयोजना तथा जिल्ला बुद्धिचाल सघं रुकुम(पूर्व) को सहआयोजनामा सञ्चालन च्याम्पियनसिप वैशाख १३ गतेसम्म चल्ने जिल्ला बुद्धिचाल संघ रुकुम(पूर्व) का अध्यक्ष बबिदेवल पुनले जानकारी दिनुभएको छ ।
उहाँकाअनुसार प्रतियोगितामा रुकुम(पूर्व) सहित झापा, कन्चनपुर र छिमेकी राष्ट्र भारतबाट गरी ११ जना खेलाडिहरुको सहभागिता रहेको छ । प्रतियोगितामा १९ सय ७८ रेटिङ भएका भारत उत्तराखण्डका सौरव चौवे र १८ सय ७१ रेटिङ भएका झापाका राजन सुवेदीलगाएको पनि सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्, भने उपविजेता हुने खेलाडिले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १० हजार प्राप्त गर्दा तृतीय हुने खोलाडीले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जिल्ला बुद्धिचाल संघ रुकुम(पूर्व) का अध्यक्ष पुनले बताउनुभयो ।
यस्तै चौथो स्थानदेखि सातौ स्थानसम्म रहेका खेलाडीलाई क्रमशः ६ हजार, पाँच हजार, ४ हजार, तीन हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । भूमे गाउँपालिका युवा विकास केन्द्रका संयोजक सुनिल रोकाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भूमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा(विष्ट) को प्रमुख र जिल्ला बुद्धिचाल संघ रुकुम(पूर्व) का अध्यक्ष बबिदेवल पुनको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन वेदना बुढामगरले गर्नुभएको थियो ।