
२०७९ वैशाख ३० अर्थात आजको दिनमा भएको स्थानीय तह निर्वाचनमा रुकुम(पूर्व) का शिर्ष नेताहरुले मतदान गरेका छन् । उनिहरुको सम्बन्धित पालिकाको मतदान केन्द्रमा गएर भोट खसालेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व आपूर्ति मन्त्री गणेशमान पुनले सिस्ने २ स्थित हिमालय मावि नायगाडको मतदान केन्द्रमा भोट खसाल्नुभएको छ ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले भूमे–९ मा रहेको मावि गैरीगाउँ स्थित चुनबाङको मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
यस्तै माओवादी केन्द्रकै केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य कमला रोकाले पनि हिमालय मावि नायगाड मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।
यस्तै नेकपा एमालेका पोलिटब्युरो सदस्य खेममान खड्काले पनि हिमालय मावि नायगाडबाट मतदान गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, पार्टी जिल्ला इन्चार्ज एवम् प्रदेश सभा सदस्य तेजबहादुर ओलीले भूमे–६ को मावि महत मतदान केन्द्रबाट मतदान गर्नु भयो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व खेलकूद मन्त्री दलजित श्रीर्पालीले भूमे गाउँपालिका–७ मा रहेको आधारभूत विद्यालय धर्मशालाको मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसिएल नेपालका केन्द्रीय समितिका सहसंयोजक सुबोधराज सेर्पालीले सिस्ने गाउँपालिका–६ स्थित त्रिभुवन जनता मावि छिप्रिदहको मतदान केन्द्र ख बाट मतदान गर्नु भएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला जुनकुमारी रोकाले भूमे–६ को मावि महत मतदान केन्द्रबाट मतदान गर्नु भयो ।
माओवादीकै वैकल्पिक केन्द्रिय सदस्य मेघबहादुुर श्रेष्ठले भूमे ७ स्थित आधारभूत विद्यालय धर्मशालाको केन्द्रबाट मतदान गर्नुभयो ।
यस्तै जनता समाजववादी पार्टी जसपाका केन्द्रिय सदस्य उपेन्द्रलाल कामीले सिस्ने ६ स्थित त्रिभुवन जनता माविको मतदान केन्द्रबाट भोट खसाल्नुभएको छ ।
राप्रपाका केन्द्रिय सदस्य केशव चन्द समालले सिस्ने ५ स्थित रुक्मिणी माविमा रहेको मतदान केन्द्रबाट भोट खसाल्नुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कार्यालय सदस्य रामसुर बुढामगरले भूमे २ को त्रिवेणी मावि काँक्रिबाट मतदान गर्नुभएको छ ।
लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास समिति सभापती एवम् एमाले प्रदेश कमिटी सदस्य आशा स्वर्णाकारले भूमे–७ को आवि धर्मशालाबाट मतदान गर्नुभएको छ ।
यस्तै नेपाली कांग्रेसका जिल्ला सभापती केशरमान रोकाले पुथा ९ को आदर्श मावी खाराबाङ केन्द्रबाट मतदान गर्नुभएको छ ।
माओवादी केन्द्रका जिल्ला अध्यक्ष होमप्रकाश श्रेष्ठले भूमे ७ को आधारभूत विद्यालय धर्मशालाबाट मतदान गर्नुभएको छ ।
एमाले जिल्ला अध्यक्ष टोपबहादुर ओलीले पुथा ९ को आदर्श मावी खाराबाङ केन्द्रबाट मतदान गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कालीबहादुर खाम भने जिल्लाबाहिर भएका कारण मतदान गर्न पाउनुभएन ।