
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ मा जनप्रतिनिधि र नागरिकबिच अन्तरक्रिया कार्यक्रम भएको छ । आज ३ नम्बर वडाको बागेधारा, पाङ्गा, राक्से र पोखरा टोलका जनतासङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, सडक र सञ्चार माध्यामलाई विशेष प्राथमिकतामा राखेर विकासको काम गर्न स्थानीय सरकारको नेतृत्व गरिरहेकाहरुलाई सुझाएका छन् ।
अन्तरक्रिया कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले सर्वप्रथम आफ्नो सम्पुर्ण टिमलाई महत्वपूर्ण मतदान गरि निर्वाचित गराएकोमा उच्च समान गर्दै धन्यवाद दिनुभएको छ । रेग्मीले चुनावमा मताधिकार प्रयोग गर्न नागरिकहरु जसरी उत्साहित थिए, त्यसरी नै विकास निर्माणको कुरामा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । यसा भएमा वडाको विकास गर्न सहज हुने र परिणाममुखी काम हुने अधयक्ष रेग्मिले बताउनुभयो । वडा नागरिकहरुलाई रोजगारमा जोड्न विभिन्न सिपमुलक तालिम दिने सिस्ने सरकारको योजना भएको भनाई उहाँले राख्नुभयो ।
वडा अध्यक्ष हेराम खड्काले ३ नम्बर वडामा जनताको मागलाई प्राथमिकताको आधारमा सम्बोधन गर्दै जाने बताउनुभयो । खड्काले वडाबाट हुन सक्ने काम वडाबाट गर्ने र वडाबाट सम्बोधन गर्न नसक्ने कामलाई क्रमश गाउँपालिका हुँदै प्रदेश र संघ सरकारसङ्ग समन्वय गरेर सम्बोधन गर्न अहोरात्र खट्ने बताउनुभयो । कार्यपालिका सदस्य मिना केसिले आफुहरुलाई अमुल्य मतदान गरेर बहुमतले बिजयी गराई कार्यपालिका सदस्यसम्म पुर्याउन अहोरात्र खट्ने सबैलाई धन्यवाद दिनुभएको छ । उहाले आफ्नो क्षमताले भ्यायसम्म वडाको बिकास निर्माणको लागि अहोरात्र खट्ने प्रतिबद्धता ब्यक्त गर्दै महिलाहरुको समस्यालाई विशेष ध्यानमा राखी काम गर्ने बताउनुभयो ।
कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, वडा अध्यक्ष हेराम खड्का, कार्यपालिका सदस्य मिना केसी, नेकपा माओवादी केन्द्रका वडा समिती अध्यक्ष नन्दराम लामिछाने, जनता मावि पोखराका प्रधानाध्यापक कलु खड्का, शिक्षक लोकेन्द्र खड्का, अनेरास्ववियु अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रेबन खड्का, वडाका बुद्धिजीवी, महिला, समाजसेवी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण वडा अध्यक्ष खड्काले गर्नुभएको थियो ।