रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँ कार्यापालिकाले स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले सिफारिस गरेको सिलिङलाई संशोधनसहित पारित गरेको छ । आइतबार तकसेरामा बसेको चौथो कार्यपालिकाले बैठकले सिलिङ गरिएको बजेटलाई संशोधनसहित पारित गरेको हो

गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५१ करोड बजेट स्किृतीको सिमा निर्धारण गरेको गाउँपालिकाका प्रवक्ता एवम् ५ नम्बर वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिनुभयो । उहाँकाअनुसार विभिन्न समितिले सिलिङ मातहत रहि विषयगत रुपमा बजेट बाँडफाड गर्ने छन् । आर्थिक समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, सुशासन तथा संगठन विकास, वन वातावरण तथा विपद व्यवस्थापन, संघिय सरकार सशर्त अनुदान र प्रदेश सरकार सशर्त अनुदान सबै समितिले असार ६ गतेभित्र कार्यक्रमको अन्तिम मस्र्यादा तयार पारि गाउँपालिकामा पेश गरिसक्नुपर्ने प्रवक्ता घर्तीले बताउनुभयो ।

गाउँपालिका भित्र चुहावट भइरहेको एवम् संकलन गर्न बाकी राजश्वको रकम संकलन गर्न विरमान कामी संयोेजक र राजश्व शाखा प्रमुख सदस्य सचिव रहेको ८ सदस्यीय स्थानीय रावश्व संकलन समिति गठन गरिएको छ । यस्तै पुथाउत्तरगंगा गाउँ कार्यपालिकाले नियुक्त गरि हाल कार्यरत सबै तह र सेवाका कर्मचारी एवम् शिक्षकहरुको करार सम्झौता पनि २०७९ ३२ गते पश्चात नविकरण नगर्ने निर्णय गरिएको छ । कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम असार ९ गते र वार्षिक बजेट १० गते गाउँसभामा पेश गर्ने निर्णय गरेको प्रवक्ता घर्तीले जानकारी दिनुभएको छ ।