रुकुम(पूर्व) मा रहेको सबै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको लागि एच.एम. आइ.एस सम्बन्धि तालिम सुरु भएको छ । आजबाट रुकुमकोटमा जिल्लाको तीन वटै पालिकामा रहेका १६ वटै स्वास्थ्यचौकी र रुकुम(पूर्व) अस्पतालका स्वास्थ्यकर्मीहरुलाई एच. एम. आई. एस सम्बन्धिको तालिम दिन सुरु गरिएको हो ।

आज उद्धघाटन भएको तालिम बुधबारसम्म चल्ने छ । तिन दिनसम्म चल्ने तालिममा स्वास्थ्य क्षेत्रमा भए गरेका कामको अभिलेख राख्ने र रिपोर्टीङ कसरी गर्ने भन्ने कुराहरु सिकाइने स्वास्थ्य कार्यालयले जनाएको छ । पहिले पनि सबै स्वास्थ्य संस्थाबाट अभिलेख राख्ने र रिपोर्टीङ गर्ने कामकाज त भइरहेको छ । तर अहिले अभिलेख तथा रिपोर्टीङको ढाँचा केहि परिवर्तन भइ आएको कार्यालयका सुचना अधिकारी एवम् ल्याव टेक्निीसीयन निमप्रसाद गिरीले जानकारी दिनुभयो ।

यहि नयाँ ढाँचाको बारेमा स्वास्थ्यकर्मीलाई जानकारी गराउने र अभिलेख तथा रिपोर्टीङलाई व्यवस्थित गराउने उदेश्यका साथ स्वास्थ्य कार्यालयले तालिमको आयोजना गरेको उहाँले बताउनुभयो । तालिमको सहजिकरण गिरीसहित कार्यालय प्रमुख नारायण चौधरी र कोल्ड चेन निरीक्षक मनोज श्रेष्ठले गर्नुहुने छ । कार्यालयका प्रमुख चौधरीको अध्यक्षतामा तालिमको उद्धघाटन गरिएको हो ।