हिकमत प्रोतेल/रुकुम(पूर्व)
रुकम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा सामुदायिक विद्यालयहरुको निमावि स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । पुथा उत्तरगंगा गाउँपालिका शिक्षा युवा तथा खेलकुद साखाको आयोजनामा भएको अतिरिक्त क्रियाकलापमा हाजिर जवाफ, वक्तृत्वकला र चेतनामूलक लोक गित नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा सबै सामुदायिक विद्यालयको उपस्थित रहेको थियो । वक्तृत्व कला प्रतियोगितामा शिक्षण सिकाई सहजिकरणमा सञ्चार प्रविधिको प्रयोग शिर्षकमा पर्वत मावि कोलका छात्रा विपना परियार प्रथम, पर्वत माविकै छात्र सन्तोष सुनार द्वितिय र जनज्योति मावि जाङका छात्रा पुर्णिामा घर्ती तृतीय हुनुभएको छ । यस्तै हाजिर जवाफ प्रतियोगितातर्फ आवि अर्जल प्रथम, देउराली मावि हुकाम द्वितीय र पर्वत मावि कोल तृतीय भउका छन् ।
यस्तै चेतनामुलक लोक गित नृत्य प्रतियोगितामा हिमालय आवि ओख्मा प्रथम, हिमालय जनसेवा आवि वाछिगाउँ द्वितीय र उत्तरगंगा आवि सेरावालुवा तृतीय भएका छन् । शुक्रबार भएको अतिरिक्त क्रियाकलाप कार्यक्रममा स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीलाई शनिबार पुरस्कार वितरण गरिएको छ । क्रमशः हाजिर जवाफमा प्रथमलाई ८ हजार ५००, द्वितीयलाई ७ हजार ५०० र तृतीयलाई ६ हजार ५०० पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै लोक गित प्रतियोगितामा प्रथमलाई ८ हजार ५००, द्वितीयलाई ७ हजार ५०० र तृतीयलाई ६ हजार ५०० पुरस्कार वितरण गरिएको छ भने वक्तृत्वकलामा प्रथमलाई ३ हजार, द्वितीयलाई २५०० र तृतीयलाई २००० पुरस्कार वितरण गरिएको छ ।
अतिरिक्त क्रियाकलाप कार्यक्रम पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीको प्रमुख र उपाध्यक्ष भुपेन्द्रा बुढाको विशेष आतीथ्यता रहेको थियो । सामाजिक विकास समिति संयोजक टिकासाई घर्तीको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्काले गर्नुभएको थियो ।