हिकमत प्रोतेल/रुकुम(पूर्व)

रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक तथा IEMIS सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पुथा उत्तरगंगा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्मपन्न भएको हो ।

वैठक पश्चात पुथा उत्तरगंगा गाउँपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान पत्र प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष पुनिराज घर्ती र उपाध्यक्ष भुपेन्द्रा बुढाले सम्मान पत्र प्रदान गर्नुभएको हो । सम्मान पत्र प्रदान कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा गाउँपालिका प्रवक्ता टिकासाई घर्ती, १ नम्बर वडाध्यक्ष विरमान विक, २ नम्बर वडाध्यक्ष जसबहादुर श्रीपालीको पनि उपस्थिती रहेको थियो ।

गाउँपालिका अध्यक्ष पुनिराज घर्तिको अध्यक्षतामा भएको सम्मान पत्र प्रदान कार्यक्रमको सञ्चाल शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम प्रसाद खद्काले गर्नुभएको थियो ।