रुकुम(पूर्व) को सिस्ने गाउँपालिका ५ की अल्सर पिडित मनसभा कामीलाई युवाहरुले आर्थिक सहयोग गरेका छन । लामो समय देखि अल्सर रोगबाट पिडित कामीलाई १९ हजार पाचँ सय रुपैयाँ सहयोग गरिएको छ । रुकुमकोटका युवाहरुले नगद संकलन गरि पिडितलाई राहत स्वरुप नगद सहयोग गरेका हुन ।

आर्थिक अवस्था निकै कमजोर भएकी कामीलाई उपचारमा केहि सहयोग पुगोस भन्ने उद्देश्यले नगद सहयोग गरिएको राहत वितरण टोलीका संयोजक विकास वि.सीले बताउनुभयो । उहाँकानुसार कामी बस्ने घरमै पुगेर नगद वितरण गरिएको छ । कामीलाई केबेन्द्र गौतम र राजु रेग्मीले स्थापना गरेको विपदका लागि राहत कोषबाट सात हजार रुपैयाँ र युवाहरुले नौँ हजार रुपैया गरि १६ हजार नगद सहयोग गरिएको छ ।

राहत वितरण गर्न पुगेका युवाहरु पकाश कार्की, कविन्द्र कल्याण गौतम, राजु रेग्मी, केबेन्द्र गौतम, मदन वि.सी, जितेन्द्र बुढाथोकी, श्रीकुमार बुढाथोकी, विरबहादुर के.सी र गनेश वलीले व्यक्तिगत रुपमा एक एक हजार सहयोग गर्नुभएको छ । यस्तै कामीको उपचार सयोगार्थ राहत वितरण टोलिका संयोजक वि.सीले तिन हजार पाचँ सय बराबरको स्वास्थ्य विमा गरि दिनुभएको छ । जसबाट विभिन्न अस्पतालबाट कामीले एक लाख बराबरको उपचार सेवा पाउन सक्नु हुनेछ ।

संयोजक वि.सीले अल्सर पिडित कामीका श्रीमानले कृषि विकास बैंकबाट ल्याएको ९५ हजार ऋण पनि तिरि दिनु भएको छ । व्याज भने बैंकले मिनाह गरेको थियो । ५ नम्बर वडाको थाक्नामा बस्दै आएकी कामी आन्द्रामा भएको असल्सरबाट पिडित हुनुहुन्छ । ४९ वर्षिय कामीले पहिले लामो समय देखि पेट दुख्ने समस्या भएको बताउदै सुरुमा उपचार गर्न लाई पैसा नभएको र धेरैपछि अस्पताल पुगेर चेक गर्दा अल्सर भइसकेको थाहा पाएको बताउनुभयो ।

रोग पत्ता लागिसकेपछि डाक्टरले अपेसन गर्नुपर्छ भनेको तर आफुसँग उपचार गर्ने पैसा नभएको र ऋण कारेर उपचार गर्ने स्थिति पनि नभएको सुनाउनुभयो । अल्सर जस्तो गम्भिर रोग पालेर बसेकी कामीका श्रीमान छैनन । उहाँका १२ र १५ वर्षका दुई छोरा हुनुहुन्छ । केहि वर्ष अघि अल्लो धागो काटेर र अर्काको काम गरेर छोराहरुको पढाइ खर्च ध्यान्दै आएको सुनाउदै कामीले अल्सरले गर्दा अव काम गर्न सक्ने स्थिति नभएको बताउनभयो ।

राहत वितरण गर्न गएको युवा टोलीले अल्सर पिडित कामीको उपचारका लागि सकेको सहयोग गर्न सवैमा अनुरोध गरेको छ ।