हिकमत प्रोतेल/रुकुम(पूर्व)
रुकुम (पूर्व)को पुथा उत्तरगगंगा गाउँपालिका १२ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोलमा सहिद स्मृती अध्यक्ष÷उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सुचारु भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा ल्याइएको सहिद स्मृति अध्यक्ष÷उपाध्यक्ष कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र कोलमा पनि सुचारु भएको हो ।
गाउँपालिकामा औपचारिक रुपमा यो कार्यक्रम साउनको ९ गतेबाट सुरु भएपनि कोललमा आजबाट सुरु भएको हो । प्राथमिक स्वास्थ्य केन्द्र कोलमा सहिद स्मृति अध्यक्ष÷उपाध्यक्ष कार्यक्रम स्वास्थ्य संस्थामा छोरी जन्माउने मनकुमारी बुढालाई निशुल्क स्वास्थ्य विमा गराइदिएर सुरु गरिएको छ । स्वास्थ्य संस्थामा छोरी जन्माउने बुढाको निशुल्क स्वास्थ्य बिमा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, स्वास्थ्य संयोजक समीर गिरी, लेखा शाखा प्रमुख नवराज खड्का र मेडिकल अधिकृत मिलन मल्लको उपस्थितिमा गरिएको थियो ।
सहिद स्मृति अध्यक्ष÷उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तरगत सहिद स्मृति अध्यक्ष कार्यक्रम मातहतमा घरैमा स्वास्थ्यकर्मी कार्यक्रम रहेको छ । जसमा प्रत्येक महिना स्वास्थ्यकर्मी घरमै गएर नागरिकको स्वास्थ्य परिक्षण गर्ने छन् । साथै निः शुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत अति विपन्न, शारीरिक, मानसिक अपाङ्ग, सहिद परिवार लगाएतलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम रहेको छ, भने टेलिमेडिसिएन सेवा एक कल मै डाक्टर कार्यक्रम रहेको छ । जसमा इन्टरनेटको माध्यमबाट डाक्टरले स्वास्थ्य परामर्श गर्ने कार्यक्रम रहेको छ ।
यस्तै उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तरगत गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम, गर्भवती महिला तथा स्वास्थ्य संस्थामा जन्मेका छोरीको निः शुल्क स्वास्थ्य बिमा कार्यक्रम, चेलिसँग उपाध्यक्ष कार्यक्रम, निः शुल्क एम्बुलेन्स सेवा जसमा गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याउन एम्बुलेन्स निः शुल्क उपलब्ध बनाउने कार्यक्रम रहेको छ ।