रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ८ मा रहेको सानोभेरी माध्यामिक विद्यालयमा अनेरास्ववियू क्रान्तिकारीको मावि मुल इकाई कमिटी गठन गरिएको छ । विद्यालयमा आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु क्रान्तिकारी रुकुम(पूर्व) को मुल इकाई कमिटी गठन गरिएको हो ।

यस विद्यालयमा नवीन बुढाको अध्यक्षतामा ३५ सदस्यीय मुल इकाई कमिटी निर्माण गरिएको अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सदस्य एवम् सिस्ने गाउँपालिका सहसंयोजक अम्मर खत्रीले जानकारी दिनुभयो । जसको उपाध्यक्षमा भावना पुन मगर र बिसपेन बिसि, सचिवमा छितिज विसी, सहसचिवमा चन्द्रकला सुनार र भुपेन्द्र बिक, कोषाध्यक्षमा प्रसान्त पुन मगर रहनुभएको छ ।

संगठन निर्माण कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सदस्य तथा सिस्ने गाउँपालिका संयोजक पुजन खड्का, जिल्ला सदस्य तथा सिस्ने गाउँपालिका सहसंयोजक अम्मर खत्री, सिस्ने गाउँपालिका सदस्य प्रकाश खत्रीको उपस्थित रहेको थियो ।