रुकुम(पूर्व) मा स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धि पुनर्ताजकी तालिम प्रदान गरिएको छ । जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धिको तिन दिने पुनर्ताजकी तालिम प्रदान गरिएको हो । यसअघि पनि स्थानीय तहका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरिएको थियो । अहिले तीनै स्वास्थ्यकर्मीलाई पुनर्ताजकी तालिम प्रदान गरिएको हो ।

तीन दिनसम्म चलेको तालिममा मानसिक स्वास्थ्य समस्या भएका बिरामीको पहिचान, उपचार, मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य समस्याका प्रकार, बिरामीको व्यवस्थापनलगाएतका कुराहरु जानकारी गराइएको नेपाल जनजागरण मञ्चका कार्यक्रम निर्देशक सम्भु विसीले जानकारी दिनुभयो । तीन दिनसम्म तालिमको सहजिकरण टिपिओ नेपालका दिपेश भट्राइ र सुरेश अधिकारीले गर्नुभएको थियो ।

रुकुम(पूर्व) मा मानसिक स्वास्थ्य समास्या भएका बिरामीहरु बढ्दो अवस्थामा छन् । विभिन्न कारणले जिल्लामा दैनिक मानसिक रोगिहरुको संख्या बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाउछ । अहिले जिल्लामा मनोसामाजिक परामर्श लिइरहेका र औषधी सेवन गरिरहेका ५० जना बिरामी रहेका छन् ।

युनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कलष्टरको आर्थिक सहयोग र भूमे, पुथा उत्तरगंगा गाउँपालिका, स्वास्थ्य कार्यालय रुकुम(पूर्व) को समन्वय तथा नेपाल जनजागरण मञ्चको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।