
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ६ का एक उच्च रक्तचापका बिरामीलाई युवाहरुले सहयोग गरेका छन् । सिस्ने ६ ढकालबाराका उच्च रक्तचापका बिरामी समाजसेवी यामबहादुर हमाललाई रुकुम(पूर्व) का युवाहरुले उपचारको लागि आर्थिक सहयोग गरेका हुन् । उच्च रक्तचापका बिरामी हमालको टाउकाको अप्रेसन गर्नुपर्ने भएपछि उपचार खर्चमा केहि राहत मिलोस भनेर युवाहरुले ४३ हजार तीन सय रकम संकलन गरि सहयोग गरेका हुन् ।
हमालको काठमाडौं पाटन हस्पिटलमा उपचार भइरहेको छ । अप्रेसन गर्न मोटो रकम खर्च हुने भएकाले युवाहरुले सकेको सहयोग संकलन गरेर हमालकी कान्छि बुहारीलाई हस्तान्त्रण गरेको सहयोगी मनबहादुर बिसीले बताउनुभयो ।