संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको चुनावीसभा तकसेरामा सम्पन्न भएको छ । कार्तिक १९ गतेदेखि पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटबाट सुरु भएको सयुक्त चुनावी सभा २० गते तकसेरामा सम्पन्न भएको हो । तकसेरामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य काजिमान घर्तीको अध्यक्षतामा सम्पन्न भएको हो । चुनावी सभामा उपस्थित नेताहरुले गठबन्धनको पक्षमा मतदान गर्न नागरिक समक्ष आग्रह गरेका थिए ।

सभालाई संबोधन गर्दै प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेद्वार पूर्णबहादुर घर्तीले आजको लडाइँ संघियता विरोधि र संघियता पक्षधर बिचको लडाइँ भएको बताउनुभएको छ । राजनीतिक दलका केहि मानिसहस् गठबन्धको विरुद्धमा भएकोतर्फ लक्षित गर्दै उम्मेद्वार घर्तीले हिजो राष्ट्रको आवश्यकताले आन्दोलनबाट माओवादीले हतियार बिसाउदा बृहत शान्ति सम्झौता देखि कांग्रेस र माओवादीको आवश्यकताअनुसार सहकार्य हुँदै आएको बताउनुभयो ।

हिजो एकले अर्कालाई सिध्याउन हिडेका मान्छेहरुबिच केही तिक्तता भए पनि जिल्लाको गठबन्धन मात्रै नभइ विकास निर्माणको साझा आवश्यकता भएको उहाँको भनाई छ । रुकुम(पूर्व) मा गठबन्धनको जित सुनिश्चित भएको बताउदै उम्मेद्वार घर्तीले जिल्लाका दुरलराजका बस्तिहरु, रुकुमेली नागरिकका भावनालाई कहिल्यै पनि टुक्रिन नदिने प्रतिबद्धता जनाउनुभएको छ । साथै उहाँले गठबन्धनको पक्षमा मतदान गर्न नागरिकलाई आग्रह गर्नुभएको छ ।

सभालाई संबोधन गर्दै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१) का साझा उम्मेदवार तेजबहादुर ओलीले गठबन्धनले जितेर गएमा रुकुम(पूर्व) को विकासले फड्को मार्ने बताउनुभएको छ । गएको पाँच वर्षमा प्रदेशसभाको सदस्य भई जिल्लामा विकासको आधार तयार पारेको बताउदै उम्मेद्वार ओलीले अब फेरी विजयी भएर गएमा प्रदेशसभाको कार्यकारी भूमिकामा पुगेर जिल्लाको विकासलाई विशेष जोड दिएर काम गनेए प्रतिबद्धता जनाउनुभएको छ । जिल्लाको केही वडाहरुमात्र सडक संजालमा जोडिन बाकी रहेको बताउदै उम्मेद्वार ओलीले सडक विस्तार, जिल्लालाई पर्यटकीय गन्तव्यको हवको रुपमा विकास, कृषि उत्पादनलाई बढवा दिने कुरालाई अघि सारेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै शिक्षा स्वास्थ्यलाई निशुल्क र सर्वसुलभ ढंगले अगाडि बढाउने, रोजगारको अवसर सिर्जना गर्ने र संस्कार संस्कृतिलाई पहिचान सहित जगेर्ना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ओलीले लोकतन्त्रमा शान्तिपूर्ण रुपमा विरोध गर्न पाइने तर छेकबार र अराजनीतिक गतिविधि कोहि कसैले गर्न नपाइने भन्दै सबैलाई स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ ।

चुनावि सभामा बोल्दै नेपाली कांग्रेसको तर्फबाट प्रतनिधिसभाका समानुपातिक उम्मेदवार केशरमान रोकाले गठबन्धन राष्ट्रिय रुपमै देशका प्रमुख दलहरुले आवस्यक ठानेर नै जिल्लाहरुमा पनि गठबन्धन भएको बताउनुभएको छ । गठबन्धनको विरुद्धमा लाग्ने दलका सदस्यहरुलाई कार्वाही गर्नका लागि आफुहरुले सिफारिस गरिसकेको बताउनुभएको छ । लोकतन्त्रमा विरोध गर्नु, कालो झण्डा देखाउनु सामान्य कुरा भएको र आफुहरुले सहज रुपमा लिएको बताउनुभयो । सबैलाई निर्धक्क भएर गठबन्धनको पक्षमा मतदान गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेशमान पुनले स्थायी सरकार निर्माण र संघियतालाई घरदैलोसम्म फैलाउने आजको जिम्मेवारि भएको र गठबन्धनको मुख्य दायित्व भएको बताउनुभएको छ । पुनले ढोरपाटन सिकार आरक्षमा संशोधनसहितको पुनःसंरचना गर्नेका लागि र उत्तरगंगा जलाशयलाई जिल्लाबासिहरुहरुको आकंक्षा अनुसार सदनदेखि सडकसम्म जनसंघर्ष गर्दै आएको बताउनुभएको हो ।

पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दलजित श्रीपालीले बाम गठबन्धनको खास उदेश्य भनेको प्रतिगमनलाई रोक्ने र उपलब्धिको रक्षा गर्नुभएको बताउनुभयो । रुकुम(पूर्व) मा गठबन्धनको विजय शुनिश्चित देखिएपछि माओवादी र कांग्रेसका केही असन्तुष्ट झुन्डहरु आत्तिएर प्रतिस्पर्धाको राजनीतिमा स्वच्छ ढंगले नउभिएर लक्ष्य विहिन क्षणिक प्रतिशोध राख्ने कुराले अर्थ नराख्ने बताउनुभएको छ ।

चुनावि सभामा बोल्दै नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश सभाको समानुपातिक उम्मेदवार दिल कुमारी बुढा, नेकपा एकीकृत समाजवादीका तर्फबाट लुम्बिनी प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१) का समानुपातिक उम्मेदवार भ्यूमान घर्ती, सुनिता बुढा, नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा (१) मा समानुपातिक उम्मेदवार बन्नुभएकी कुसुमदेवि थापाले गठबन्धनकै पक्षमा मतदान गर्न आग्रह गर्दै समानुपातीकमा आफुहरुलाई भोट हाल्न आग्रह गर्नुभएको छ ।

सभामा प्रतिनिधिसभाका साझा उम्मेदवार पूर्णबहादुर घर्ती लगाएत प्रदेश सभा (१) का उम्मेदवार तेजबहादुर ओली सहित आआफ्ना पार्टीबाट मत माग्नका लागि सरिक भएका गठबन्धनका समानुपातिक उम्मेदवारहरु केशरान रोका, भिउमान घर्ती, दिलकुमारि बुढा, कुसुमदेवि थापा, सुनिता बुढा, हर्कबहादुर कामी लगाएत पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेशमान पुन र पोलिटव्यूरो सदस्य दलजित श्रीपाली, नेपाली कांग्रेसका निर्वाचन परिचालन केन्द्रीय प्रतिनिधि कृष्णबहादुर घर्ती र नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा पुथाउत्तरगंगा गाउँपालिका इन्चार्ज जिताराम कामी लगाएत गठबन्धनमा सम्बद्ध दलका नेताहरु भातृ संगठन वाइसीएल र तरुणदलको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका सदस्य दिपक बुढाले गर्नुभएको थियो ।