रुकुम(पूर्व) को भूमे गाउँपालिका १ लकुममा गठबन्धनको निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरिएको छ । कार्यालयको नेकपा माओवादीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहनुभएका निर्वाचन क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्यका उम्मेद्वार तेजबहादुर ओलीले उद्धघाटन गर्नुभएको हो ।
सम्पर्क कार्यालय उद्धघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा जिल्ला पार्टी सह इन्चार्ज जुनुकुमारी रोका, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य गजेन्द्र बहादुर ओली, नेकपा माओवादी केन्द्र भुमे गाउँपालिका अध्यक्ष रुपधन कामी, नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा गाउपालिका सचिव भिम बहादुर मल्ल, नेपाली कांग्रेस जिल्ला सहसचिव धनप्रताप बुढालगाएतको उपस्थिीती रहेको थियो ।