रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर २ काँक्रिमा गठबन्धनको संयुक्त भेला सम्पन्न भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित भेला काँक्रिमा सम्पन्न भएको हो ।
भेलालाई संबोधन गर्दै रुकुम(पूर्व) बाट प्रदेशसभामा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेद्वार बन्नुभएका तेजबहादुर ओलीले केन्द्रमा गठबन्धन हुँदाहुँदै पनि स्थानीय निर्वाचनमा गठबन्धन गर्न नसकेको समिक्षाको विषय रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा गठबन्धन हुन नसकेता पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भएको गठबन्धनलाई सबै पार्टीले इमानदारीताका साथ सहयोग गरेर सफल पार्नुपर्ने बताउनुभयो । पार्टीबाट विद्रोह गरेर बागी उमेदवार दिएका उमेदवार र समर्थकले जे जति भ्रम छरिरहे पनि यथार्थ फरक रहेको उमेदवार ओलीले बताउनु भयो ।
उमेदवार ओलीले प्रदेशसभा तर्फ दोस्रो र अन्तिम पटक निर्वाचित भई कार्यकारी भुमिका सम्हालेर रुकुम(पूर्व)लाई समृद्ध बनाउने अठोट रहेको बताउनुभयो । ओलीले गठबन्धन दलका सबैलाई सहकार्य गरेर मतदाता शिक्षामा जोड आग्रह पनि गर्नुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला सहइन्चार्ज जुनकुमारी रोकाले केही व्यक्ति व्यक्तिगत स्वार्थका लागि धैरे गर्न नसेकेर पार्टीबाट विद्रोह गरि बागी उमेदवार दिइएता पनि सम्पुर्ण संस्थागत कमिटी पार्टीको आधिकारिक उमेदवार कै पक्षमा रहेकोले जित सुनिश्चित रहेको बताउनुभयो । समुदायको पक्षमा युद्धकाल देखि नै संघर्ष गर्दै आएका थुप्रै नेता कार्यकर्ताहरु रहेकाले एकै पटकमा व्यवस्थापन गर्न नसक्दा यो अवस्था आएको बताउदै नेता कार्यकर्तामा धैर्यता हुनुपर्ने बताउनुभयो । जितमान पुन (मार्सल) धेरैले आसा गरेको र योगदान गरेको व्यक्ति पार्टीबाट विद्रोह गर्दा न यता न उता हुने अवस्था आएको र हुदाहुदा पछिल्लो समयमा जनताले नै धेरै रुचाएको व्यक्ति रामसुर बुढाले पनि मार्सलको बाटो राजेर गलत गरेको टिप्पनी गर्नुभयो ।
रोकाले बागी उमेदवार दिएका व्यक्तिहरुले विभिन्न भ्रम छरिरहेकोले तरङ्गित नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य लजिम ओलीले पार्टीबाट विद्रोह गरेर भन्दा पार्टी भित्र नै संघर्ष गरेर अधिकार लिनु उपयुक्त रहेने बताउनुभयो । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पार्टीबाट टिकट नपाएर बागी उमेद्वार दिएका र समर्थन गरेका व्यक्तिहरु प्रति कटाक्ष गर्दै यस्तो बताउनुभएको हो । देशलाई प्रतिगमनबाट बचाउन ५ दलिय गठबन्धन भएको र रुकुम पूर्वको हकमा प्रतिनिधि सभामा र प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ नेकपा माओवादी केन्द्रका उमेदवार नै साझा उमेदवार रहेकाले गठबन्धन भित्र आवद्ध मतदाताले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौड़ामा मतदान गर्न ओलीले आग्रह गर्नु भयो ।
भेलामा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला सह सचिव धन प्रताप बुढाल इतिहासकाल देखि नै देशमा निरङकुस शासनको अन्त्य गर्न विभिन्न समयमा गठबन्धन भइरहेकोे बताउनुभयो । कुनै व्यक्ति विशेष भन्दा संघिय गणतन्त्रको रक्षाको निम्ति नै गठबन्धन भएको हुदा पार्टीको नीति निर्देशन स्वीकार्नु कार्यकर्ताको दायित्व हुने बुढाले बताउनु भयो । बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार प्रतिनिधि सभामा पुर्ण बहादुर घर्ती र निर्वाचन क्षेत्र नं. १ मा तेजबहादुर ओली रहेको हुदा हसिया हथौड़ामा मतदान गरि गठबन्धनका साझा उमेदवारलाई जिताउन सह सचिव बुढाले निर्देशन गर्नु भयो । साथै नेपाली काङ्ग्रेस सह सचिव बुढाले काक्रीको बजारमा नेपाल टेलकमको टावर नदिने भएकाले यसको समाधान र अन्य भौतिक सम्रचनामा झुलेङ्गे पुल, वस्ति विकास लगायत शिक्षा, स्वास्थ्य, सञ्चार लगायत विकासका कामलाई पनि जोड दिन उमेदवार ओलीको ध्यानाकर्षण गराउनुभयो ।
रामसुर बुढा जस्तो स्थापित नेताले पार्टीको निति निर्देशन नमानेर भुल रहेको नेकपा माओवादी केन्द्र भुमे गाउँपालिका कमिटी अध्यक्ष रुपधन कामीले बताउनु भयो । भुमे गाउँपालिकाको सत्ता चलाएसकेका रामसुर बुढाले ५ वर्ष पार्टी चलाएर बसेको भए ५ वर्ष पछि आफैलाई सजिलो हुने अध्यक्ष कामीले बताउनु भयो । स्थापित नेता नै पार्टीबाट विद्रोह गरेर बागी उमेदवारलाई समर्थन गर्दा कार्यकर्ता भुमरीमा पर्ने अवस्था आएता पनि कुनै भुमरीमा नपरी पार्टीको नीति निर्देशन अनुसार गठबन्धनका साझा उमेदवारलाई सहयोग गर्न अध्यक्ष कामीले अपिल गर्नुभएको छ ।