रुकुम(पूर्व) मा रहेको रेडियो  पूर्वी रुकुम १०३.२ मेगाहर्जमा गएराति अज्ञात व्यक्तिबाट कार्यालय तोडफोड तथा सामग्री चोरी भएको छ । रेडियोको मुख्य ढोकाको ताल्चा नै तोडेर अज्ञात समूहले कार्यालयको एउटा ल्यापटप चोरी भएको रेडियोका प्रवन्ध निर्देश बसन्त बाठामगरले बताउनुभयो ।

त्यस्तै कार्यलयमा १५ हजार रुपैया पनि चोरी भएको छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।