रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकाले स्थानीय पाठ्यक्रम सम्बन्धि विषय विज्ञसँग अन्तरक्रिया कार्यक्रम थालेको छ । गाउँपालिकाले आधारभूत कक्षा (१–८) को स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि विषय विज्ञसँगको तीन दिने अन्तरक्रिया कार्यक्रम आजबाट तकसेरामा सुरु गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यो तिन दिनको अवधिमा विषय विज्ञहरुसँग स्थानीय पाठ्यिक्रम निर्माणको जिम्मेवारी बाँडफाँड, पाठ्यपुस्तक लेखन लगाएतको विषयमा छलफल गरिने छ । यो तीन दिनको अन्तरक्रियापछि स्थानीय पापठ्यक्रम निर्माण गरि गाउँपालिका भित्रका सामुदायिक विद्यालय कक्षा १ र ६ मा शैक्षिक वर्ष २०८० बाट लागु गर्ने योजना गाउँपालिकाको रहेको शिक्षा शाखा प्रमुख खड्काले बताउनुभयो ।