रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा पालिकास्तरिय कक्षा ८ को पाठ्यपुस्तक लेखन सम्बन्धी बैठक सम्पन्न भएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा बसेको बैठकले पाठ्यपुस्तक लेखन सम्बन्धी विभिन्न निर्णय गरेको छ । सिस्ने गाउँपालिकामा स्थानीय पाठ्यक्रम अनुसार कक्षा ८ को पाठ्यपुस्तक लेखनकोे लागि चन्द्रबहादुर मल्लको संयोजकतामा १४ सदस्य समिति गठन गरिएको छ ।

त्यस्तै कक्षा ८ को पाठ्यपुस्तक समितिका सदस्यहरुलाइ जिम्मेवारी तोकी पाठ्यपुस्तक तयार गर्ने निर्णय गरिएको छ । त्यसको लागी भौगलिक अवस्थाको बारेमा पन्चबहादुर केसी, ऐतिहासिक पृष्ठभुमी दुर्गाबहादुर गौतम र मोहनकुमार रोका, जनसङ्ख्या घनश्याम दाहाल र धनबहादुर खड्कालाइ तोकिएको छ । त्यस्तै संस्कृति पर्यटन बेगम केसी, बलबहादुर शाही र टेकबहादुर केसी, पेसा व्यवसाय चन्द्रबहादुर मल्ल, मानबहादुर बस्नेत र नबिन कुमार शर्मा, सामाजिक मुल्य मान्यताका विषयमा कलु खड्का र भिमु शाहीलाइ जिम्मेवारी दिइएको छ ।

पाठ्यपुस्तक लेखन सम्बन्धी उल्लेखीत विषयवस्तु लेखन कार्य फागुन १५ गतेसम्म सम्पन्न गर्ने र बैठक बसेर प्रस्तुतिकरण गरी पाठ्यक्रमलाइ पुर्णता दिने र १५ गतेकै बैठकबाट मिति तोकी अन्तिम रुप दिने निर्णय गरिएको छ । गाउँपालिका अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत बिकास बिक्रम शाह, प्रशासकिय अधिकृत चिन्तामणी दहाल लगाएत गाउँपालिकामा रहेका विद्यालयका विषयगत शिक्षकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिह बुढाले गर्नूभएको थियो ।