रुकुम(पूर्व) मा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । आज सिस्ने गाउँपालिका ६ छिप्रीदहस्थित होटेल लेक सिटीमा माओवादीको जिल्ला इन्चार्ज तेजबहादुर ओलीको अध्यक्षतामा बसेको बैठकले गएको मंसिर ४ गते भएको प्रदेश र प्रतनिधि सभाको निर्वाचनको समिक्षा गरेको छ । बैठकको स्थानीय निर्वाचनको समेत संक्षिप्त समिक्षा गरिएको छ ।

यस्तै स्थलगत र स्थान विशेष समग्र समिक्षाको प्रतिवेदन तयार गर्न माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठको संयोजकत्वमा गाउँपालिकाका इन्चार्ज र अध्यक्ष रहनेगरी समग्र प्रतिवेदन तयारी कार्यदल गठन गरिएको नेकपा माओवादीका लुम्बिनी प्रदेश समिति सदस्य एवम् सिस्ने गाउँपालिका समिति इन्चार्ज कृष्ण रेग्मिले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रदेशबाट प्राप्त निर्णयअनुसार पार्टी संगठन, पद्धतीलाई चुस्त दुरुस्त बनाउन जिल्ला, पालिका, वडा तहमा चलायमान गराउने, जवस मोर्चाको भेला सम्मेलन, सदस्यता वितरणलाई तिव्रता दिने लगाएतका निर्णय गरिएको छ ।