रुकुम(पूर्व) मा कोभिड १९ को लागि शिक्षा प्रतिकार्य कार्यक्रम प्रभावकारी रहेको पाइएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकामा विगत ११ महिना यता सञ्चालनमा रहेको उक्त कार्यक्रम बालबालिकाहरुको लागि प्रभावकारी रहेको पाइएको छ । उक्त कार्यक्रम भने भर्खरै सकिएको छ । तर यसले बालबालिका र अभिभावकमा भने राम्रो प्रभाव छोडेको छ ।
बिहिबार सिस्ने गाउँपालिका वडा नम्बर ८ मा रहेको आधारभूत विद्यालय भुरुङ्गामा संयुक्त रुपमा अनुगमण गरिएको छ । अनुगमणको क्रममा विद्यालयमा टोल शिक्षा कार्यक्रमले बालबालिकाको आनीबानीमा परिवर्तन आएको पाइएको विद्यालयका प्रधानाध्यापक मोहनकुमार पुनले बताउनुभयो । उहाँकाअनुसार टोल शिक्षा कार्यक्रम लागु भएयता बालबालिकामा सरसफाई गर्ने बानी परेको छ । घरमा गृहकार्य गर्ने देखी लिएर कक्षामा नियमित उपस्थित हुने र शैक्षिक सामाग्रीको भरपुर प्रयोगमा रमाइ रमाइ सिक्ने बानीको विकास भएको छ । यस्तै अभिभावकको चासोको विषय पनि यो बन्न पुगेको विद्यालयले जनाएको छ ।
विद्यालयमा कक्षा १ देखि ३ सम्मका बालबालिकाई दिउसोको ३ देखी ४ बजेसम्म टोल शिक्षा कार्यक्रम मार्फत सिकाइ सहजिकरण गरिदै आइएको थियो । विद्यालयमा उपलब्ध गराइएका शैक्षिक सामाग्रीले सिकाइ सहजिकरणमा धेरै सहज भएको विद्यालयका प्रधानाध्यापक पुनले बताउनुभयो । यस्तै बालमैत्री धारो पनि निर्माण गरिएको छ । बालमैत्री धाराले विद्यार्थीलाई सहजता ल्याएको छ ।
यूनीसेफ÷यूएसआइडीको आर्थिक तथा प्राविधिक सहयोग, सिस्ने गाउँपालिकाको समन्वय र रुक्मेली समाज विकास केन्द्रको सहजिकरणमा भुरुङ्गा सहित सिस्ने र भूमेका अन्य विद्यालयमा कोभिड १९ का लागि शिक्षा प्रतिकार्य कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम सकिनै लाग्दा विद्यालयमा अनुगमणको कार्यलाई तीव्र पारिएको छ ।
भुरुङ्गामा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, गाउँपालिकाका प्रशासन शाखा प्रमुख चिन्तामणी दाहाल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम, रुक्मेली सिमाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली, संस्थाका बोर्ड कमिटी सदस्यहरु हिरालाल भण्डारी, प्रविर ददेल, शुशिला शर्मा, कार्यक्रमका संयोजक रमेश कुमार गौतम, अन्य कर्मचारी ललित कुमार खड्का, रण बहादुर विकसहित पत्रकारके उपस्थितीमा अनुगमण गरिएको हो ।