रुकुम(पूर्व) मा सुआहारा( एकिकृत पोषण) दोस्रो कार्यक्रमको सिकाई आदानप्रदान कार्यशाला सम््पन्न भएको छ । सन् २०१६ बाट रुकुम( पूर्व) र पश्मिमा लागु भएको यो कार्यक्रम सन् २०२३ मे मा सम्पन्न भएको छ । औपचारिक रुपमा आज यो कार्यक्रमको समिक्षा गर्दै समापन गरिएको छ ।
महिला तथा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने, नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजनाको उदेश्य र लक्षमा सहयोग पुर्याउने उदेश्यले यु.एस.ए.आई.डी को आर्थिक सहयोगमा स्थानीय साझेदार संस्थाहरुमार्फत रुकुम(पूर्व) र पश्चिम सहित ४२ जिल्लाका ३ सय ८९ गाउँपालिका तथा नगरपालिकाहरुमा सञ्चालन गरिएको थियो । रुकुम(पूर्व) र पश्चिममा रुकुमेली समाजविकास केन्द्र९च्क्म्ऋ० द्धारा सञ्चालीत यस कार्यक्रमले राज्यको नीति, योजना, प्राथमिकता र अन्तराष्ट्रिय प्रतिबद्धताबाट निर्देशित रहेर काम गरेको थियो ।
सन् २०१६ सेप्टेम्बर देखी २०२३ मे सम्मको अवधिमा यी दुई वटा जिल्लामा ७ करोड ९० लाख ४६ हजार ३ सय ९० रुपैया बजेट विनियोजन गरि काम गरिएको थियो । यस कार्यक्रमले कृषि, सुशासन, पोषण, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायतको क्षेत्रमा काम गरेको सुआहारा रुकुम(पूर्व) का कार्यक्रम अधिकृत कृष्ण बुढामगरले जानकारी दिनुभयो ।
कार्यशालामा सुआहारा कार्यक्रमको उद्देश्य, अवधारणा, अवलम्बन गरेको नीति र रणनीति र हालको पोषण अवस्था र ल्म्ज्क् २०२२ को पोषण अवस्थामा लुम्बिनी प्रदेशले चाल्नु पर्ने कदम पैरवी र सन् २०३० सम्म दिगो विकास लक्ष्यले राखेको प्रगति हासिल गर्न हरेक पालिका पोषण मैत्री र पूर्ण सरसफाई स्थानिय पालिका बन्न योजनाबद्ध हरेक सरोकार शाखाहरुले एकिकृत रुपमा क्रियाकलापहरु कार्यान्वयन गर्नु पर्ने जानकारी कर्णाली प्रदेश वरिष्ठ प्रदेश संयोजक सुरज शर्माले गराउनुभयो ।
सात वर्षसम्म रुकुमेली समाज विकास केन्द्रले सञ्चालन गरेका घर परिवार तह, समूदाय तह र संस्थागत सुदृढिकरणका क्रियाकलापहरुबारे प्रस्तुती र यसले समूदायस्तरमा पारेको प्रभावबारे जानकारी साथै ३ वटै स्थानिय तहमा गरिएका पोषण, स्वास्थ्य, खानेपानी सरसफाई, कृषि र सुशाशनको क्षेत्रमा भएका राम्रा अनुशरणीय कदमबारे जानकारी कृषि विज्ञ किरण कुमार मास्केले गराउनुभएको थियो ।
गा्रमिण क्षेत्रमा पोषणयुक्त खानाको विविधताको लागि स्थानिय रैथाने बालीको प्रवद्र्धन गर्नुपर्ने देखिएको छ । पोषण सुधारका लागि कृषि क्षेत्रलाई प्राथमिकतागर्दै व्यवसायिकरण, आधुनिकता, औजारिकरणमा जोड दिन हरेक पालिकाले पोषणसँग जोडिएका क्षेत्रहरुलाई योजनावद्ध क्रियाकलापहरु बनाई क्रियाकलापहरु कार्यान्वयनगर्नुपर्ने देखिएको छ ।
सन् २०१२ मा गरिएको आधार वर्षको अनुसार सन् २०२२ अन्तिम वर्षमा परेको प्रभाव मूल्यांकन विश्लेषणमा हाल सुआहारा कार्यक्रम सञ्चालनन नभएको जिल्लाको अनुपातमा सुआहारा सञ्चालन भएको जिल्लामा राम्रो नतिजा आएको साथै वार्षिक मूल्यांकन सर्वेक्षण अनुसार सुआहारा कार्यक्रम परामर्श गरेको, सुआहारा क्रियाकलापमा सहभागीभएको घरधुरीमा राम्रो व्यवहार परिवर्तन भएको जानकारी पोषण सल्लाहकार राजनन्दन मण्डलले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुकुम(पूर्व) का प्रमुख मेघबहादुर श्रेष्ठले सुआहारा कार्यक्रमको सकारात्मक प्रभाव परेको देखिएको बताउनुभयो । कार्यक्रमकै प्रभावले यहाँका नागरिकको चेतना स्तरमा फेरबदल आएको र जिवनैलीमा केहि न केहि परिवर्तन आएको देख्न सकिने बताउनुभयो । सुनौलो हजार दिनका आमा बच्चाहरुको स्वास्थ आहारविहार देखी लिएर स्वास्थ्य चेकजाँचका कुराहरुलाई कसरी लान सकिन्छ र यसबाट कस्ता खालका सकारात्मक प्रभावहरु पर्छन भन्ने कुराहरुको बारेमा नागरिकहरुलाई जानकारी गराउदै आएकाले यो कार्यक्रम राम्रो भएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
यो कार्यक्रम सकिए पनि अब स्थानीय सरकारले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समन्वय प्रमुख श्रेष्ठले जोड दिनुभयो । कार्यक्रममाबोल्दै भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले सुआहारा कार्यक्रम सकिएपनि सुआहाराले गरेका जस्तै कार्यलाई स्थानीय सरकारले पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसी, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा, जिल्ला प्रहरी प्रमुख डिएसपी अन्जना श्रेष्ठ, अनुसन्धान प्रमुख संजिव चौधरी, सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह लगाएत जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन रुकुमेली समाज विकास केन्द्रका कार्यक्रम संयोजक जगदिश खड्काले गर्नुभएको थियो ।