नेकपा माओवादी केन्द्र रुकुमपूर्व जिल्ला संयोजक कुमारी बराल (गौतम) ले रुपान्तरण अभियानले माओवादी पूनर्जिवित भएको बताउनुभएको छ । १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन हँुदै शान्ति प्रक्रियामा आएदेखि जनतामा बढेको दुरिलाई माओवादीको ३ महिने अभियानले पार्टी र जनतालाई पुनजिर्वित गरेको बताउनुभएको छ । देशभर नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत आज रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटमा अभियान अन्र्तगत भेला प्रशिक्षण गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला संयोजक बरालले मन्तव्य राख्दै यस्तो बताउनुभएको हो ।
नेता बरालले लामो समयको जनता र पार्टीको दुरी बढेको कारण हाम्रा विचारहरु खस्कदै गएको र मनहरु फाटेकाले पनी यो अभियानको सुरुवातले पार्टी फेरी देशभर पुर्नजिवित भएको बताउनुभएको छ । अहिले सबै केन्द्रिय नेतादेखी स्थानिय नेताहरुको कार्यविभाजनसंंगै संगठन परिचालनमा लागिरहेको र यसै अभियानलाई सबै पार्टी कार्यकर्ताले साथ दिनका लागी अपिल गर्नुभएको छ । नेता बरालका अनुसार माओवादीका केन्द्रिय नेताहरु एक हदसम्म रुपान्तरण भैसकेको र पुरानै कुरा गरिरहने हो भने पार्टी फेरी बिखण्डनतीर जाने खतरा हुने भएकाले यसो नगर्न बताउनुभयो ।
उहाँका अनुसार क्रान्तिकारीहरु सधै अग्रगामि गन्तव्यतिर जाने भएकोले पछि फर्किन कसैलाई छुट नभएको बताउनुभयो । पार्टी अहिले एकढिक्का भएको हुँदा कहि कतै गुटबन्दिमा भएको संका लागेमा कमिटिको च्यानल मार्फत जानकारी गराई निरन्तर नेताहरुलाई खवरदारी गराउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टी र सरकार संचालनमा कार्यशैलिगत त्रुटि नहोस भनी जिल्ला पार्टीले संयन्त्र बनाएको र समस्या भएको खण्ड हल गर्ने कुरामा आफुहरु प्रतिवद्ध रहेको बताउनुभएको छ । माओवादीको रुपान्तरण भन्ने नाराले पूर्ण जानकारी दिने बताउनुभएको छ ।
पार्टीभित्रका मान्छेहरुको मनमुटाव भएमा हलभित्रै छलफल गर्दै निष्कर्षमा पुग्नका लागी पनी जिल्ला संयोजक बरालले निर्देशन गर्नुभएको छ ।