नेकपा माओवादी केन्द्र स्थायी कमिटि सदस्य एवम् अभियान इन्चार्ज पूर्वमन्त्रि कमला रोका (क्रान्ति) ले माओवादीको तिन महिने अभियानले रुपान्तरणको आधार तयार गर्ने बताउनुभएको छ । देशभर नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत आज रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटमा आज अभियान अन्र्तगत भेला प्रशिक्षण गरिएको थियो । उक्त कार्यक्रममा मन्तव्य राख्दै नेतृ रोकाले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, मैकोट एउटा वर्ग संघर्षको ऐतिहासिक भूमी हो । यसमा कुनै २ मत छैन । त्याग तपस्या र बलिदानको सन्र्दभमा मैकोट अगाडि रहेको छ । वर्गसंघर्षको उत्थान गर्दा जनयुद्धको आधार तयार गर्न शक्ति केन्द्रिकृत गर्ने कार्यका लागि नेपाली क्रान्तिको सुरुवात गर्दा सहिद बिजय घलेको नेतृत्वमा आफु मैकोटमा आएर १५ दिने जनसेवा अभियान गरेको स्मरण गर्नुभएको छ । मैकोटबाट बर्गसंघर्षको चेतना आएको र बर्गिय मायाले अटुट सम्बन्धमा गासेको बताउनुभयो । बलिदान एउटा राष्ट्रको उर्जा हो भन्ने भावलाई प्रस्ट्याउदै सहिदहरुले देखाएको बाँकि सपना पुरा गर्नका लागि खवरदारि गरिरहदा आफुहरुलाई सहि मार्गमा निर्देश गरेको अनुभूति भएको बताउनुभएको छ ।
उहाँले अन्याय परे बिद्रोह गर्नु स्वभाविक हो भन्दैमा जहाँ पायो त्यँहि बिद्रोह गर्नु अराजकता हुने बताउनुभएको छ । हामीभित्रका उदारता र मनोगत समस्याहरुलाई सिकाईको रुपमा लिदै परिस्थितिको ठोस विश्लेषण गर्दै अगाडि बढ्नुपर्नेमा जोड गर्नुभएको छ । जनवादि केन्द्रियताको आधारमा पार्टीको समस्या हल गर्न केन्द्रिय कमिटि गम्भिर रहेको जानकारी गराइएको छ । पार्टीमा व्यक्तिवादी अराजक गुटबन्दि र उदारवादको समस्या देखा परेको हुँदा संगठनात्मक र राजनितिक हिसावले विधान सम्मेलन पश्चात कडाइका साथ बिधिको प्रयोग गर्नुपर्ने जनाउनुभएको छ । गाउँदेखि सरह घेरि केन्द्रिय सत्ता कव्जा गर्ने रणनितिका साथ दुश्मणको ढाडमा टेकि टाउकोमा हानी संविधानसभा अन्तरिम सरकार र सान्ति प्रकृयाको ढोका खुलेको स्मरण गराउनुभएको छ ।

