रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा नेकपा माओवादी केन्द्र वडा समितिको बैठक बसेको छ । सोमबार चुनबाङ स्थित गैरीगाउँमा भूमे ९ माओवादी केन्द्र वडा समितिको बैठक बसेको हो ।
सरकारको नेतृत्व गरिरहेको माओवादी पार्टीले गरिराखेको राम्रो काम देखेर विरोधी पार्टीले रिस गरिराखेको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो । विरोधी पार्टीलाई माओवादी पार्टी बलियो भएमा आफूहरुको राजनीतिक गर्ने ठाउँ नपाउने देखेर जनतामा विभिन्न थरीका भ्रम छर्ने काम गरिराखेको प्रमुख श्रेष्ठले बताउनुभयो ।
अन्य पार्टीले धेरै वर्ष सम्म सरकारको नेतृत्व गरेपनि जनताको अवस्था केही परिवर्तन गर्न नसक्नुका साथै विकास निर्माण समेत पनि उनीहरुले गर्ने नसकेको उहाँले बताउनुभयो । तर माओवादी पार्टीले कमै मात्र सरकार सञ्चालन गरिरहेको काल खण्डमा पनि विकास निर्माण र जनताको अवस्थामा सुधार हुँदै गइरहेको केन्द्रीय सदस्य श्रेष्ठले बताउनुभयो । माओवादीले सञ्चालन गरेको जनयुद्धको बलमा बनेको संविधान हाल अन्य पार्टीको हातमा पर्दा संंविधानको सही रुपमा कार्यन्वयन नभइरहेको श्रेष्ठको भनाइ रहेको थियो ।
माओवादी पार्टीमा आस्था राख्ने जनताहरुको संख्या नघटेको तर, पार्टी भित्रकै माथिल्लो नेताहरुले पार्टीको मर्म भावना विपरित लागिरहेकोले जनता निराश भइरहेको लुम्बिनी प्रदेशका सदस्य लालबहादुर विष्टले बताउनुभयो । नारामा मात्र रुपान्तरण अभियानको नामले पार्टी रुपान्तरण हुन नसक्ने विष्टले बताउनुभयो । मुख्य कुरा केन्द्रीय तहका नेताहरु सुधार भएमा मात्र पार्टी रुपान्तरण हुने विष्टले बताउनुभयो ।
पार्टीका माथिल्लो नेताहरुबाट नै व्यक्तिवाद, नातावाद, कृपावादबाट मुक्त भएर पार्टीको निम्ति लागेमा मात्र पार्टी आफै रुपान्तरण हुने विष्टले बताउनुभयो । माथिल्लो नेताहरु रुपान्तरण गराउनमा आम कार्यकर्ताले दवाब दिदै जानु पर्ने विष्टले बताउनुभयो । दीन दुःखी, विपन्न परिवार, घाइते, अपागं परिवारसँग केन्द्रीय नेताहरुको ध्यान पुग्न नसकेको विष्टले बताउनुभयो । मात्र आफ्नो अनुकुलतामा गुट बनाउने र रमाउने ध्यानमा केन्द्रीय तहका नेता लागिरहेकै कारणले पार्टीमा अराजक तर्फ धक्लिरहेको विष्टको भनाइ रहेको थियो ।
विकास निर्माण जनतासँग प्रत्येक्ष रुपमा जोडिएको हुनाले गाउँ टोलमा गुणस्तरीय काम भए नभएको अवस्थाबारे पार्टीका व्यक्तिले चासो लिनुका साथै विकास निर्माण गुणस्तरहिन भएको खण्डमा सम्बन्धीत निकायमा पहल गर्दैं जनतालाई सेवा प्रवाहमा सहयोग गर्दै जानु पर्ने भूमे गाउँ समितिका अध्यक्ष रुपधन कामीले बताउनुभयो । पार्टीका मान्छे जनताको सहयोग र विकास निर्माणमा इमान्दारताका साथ काममा लाग्नु पर्ने अध्यक्ष कामीले बताउनुभयो । पार्टीको पहलमा भएका राम्रा कामको प्रचार र यद्यपी कमीकमजोर देखा परेमा सयममै सम्बन्धीत निकायमा खबरदारी गर्दै गएमा पार्टी आफै सक्रिय हुँदै जानुका साथै बलियो पार्टी भइराख्ने अध्यक्ष कामीले बताउनुभयो ।
नेताहरुको व्यक्तिगत स्वार्थमा पार्टी चल्न नसक्ने भूमे गाउँपालिका एवम् पार्टी गाउँ समितिका उपाध्यक्ष सविना बुढाले बताउनुभयो । व्यक्तिगत स्वार्थमा माथिल्लो नेताहरु लागिरहेको कारणले पार्टी व्यवस्थित हुन नसकेको उपाध्यक्ष बुढाले बताउनुभयो । पार्टीलाई सुधार गर्न माथिल्लो नेताहरु सचिए मात्र पार्टी सुधार हुनेमा उहाँले जोड दिनुभयो । पार्टीका जिम्मेवार नेताहरुको कारणले पार्टी व्यवस्थित हुन नसकेकोले त्यसको असर गाउँपालिकाको कार्य सम्पादनमा समेत देखा पर्ने गरेको उपाध्यक्ष बुढाले बताउनुभयो । त्यस कारण पार्टीका जिम्मेवार नेताहरु नै सचिनु पर्नेमा उपाध्यक्ष बुढाले जोड दिनुभयो ।
माओवादी केन्द्र भूमे ९ वडा समितिका इञ्चार्ज दिपक पुनको अध्यक्षतामा बैठक बसेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश समितिका सदस्य लालबहादुर विष्ट, मनकुमारी बुढा विष्टको विशेष आतिथ्यता रहेको थियो ।
अन्य अतिथिमा प्रदेश ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य दयालसिंह पुन, प्रदेश सल्लाहकार समितिका सदस्य देवबहादुर बुढा, भूमे गाउँ समितिका इञ्चार्ज ध्रुवविक्रम ओली, भूमे गाउँ समितिका अध्यक्ष रुपधन कामी यसैगरी भूमे गाउँ समिति एवम् भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढा, जिल्ला सल्लाहकार समिति सदस्य राजकुमार पुन, वडाध्यक्ष विनोद बुढा लगायतको आतिथ्यता रहेको बैठकमा स्वागत मन्तव्य वडा समितिका सहइञ्चार्ज भागिलाल परियारले राख्नु भएकोमा कार्यक्रमको सञ्चालन वडा समितिका अध्यक्ष गणबहादुर पुनले गर्नु भएको थियो ।