बाल सञ्जाल सिस्ने गाउँपालिकाका निवर्तमान अध्यक्ष अम्मर खत्रीले बालबालिका परिवर्तनका संवाहक भएको बताउनुभएको छ । आज आयाेजित बाल सञ्जाल सिस्ने गाउँपालिकाकाे बाल सञ्जाल पुर्न गठन कार्यक्रममा बाेल्दै खत्रीले अहिलेका बालबालिका भाेलिका कर्णधार भएको भन्दै यस्तो बताउनुभयो । उहाले भन्नुभयो `बालबालिका काचो माटो हुन जस्तो बनाउन खाेज्याे उतै बन्छन् त्यसैले बालबालिका बिचमा स्थानीय सरकारले बिशेष कार्यक्रम गर्नुपर्छ ।´

अहिले बढ्दै गरेको बाल बिबाह, बाल हिंसा, श्रम शाेषन, दमनको बिरुद्धमा स्थानिय सरकार बालबालिकाको साथमा हुनुपर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै खत्रीले आफ्नो पालामा भएका कामहरूकाे जानकारी गराउदै नयाँ बाल सञ्जालले झन प्रभावकारी ढंगले काम गर्ने अपेक्षा लिएको बताउनुभयो । विगतमा बालबालिकाको क्षेत्रमा लामो समयसम्म नेतृत्व गर्ने अबसर पाएकाे भन्दै खत्रीले बाकी काम पदमा मात्र नभइ आगामी दिनमा पनि गर्ने बताउनुभएको छ । अब बाकी कामहरू युवा र बालबालिकाकाे क्षेत्रमा गर्ने पनि बताउनुभयो ।