रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा – ६ मयाङमा जन्मिएका लोकप्रिय गायिका पूर्णिमा सेन ठकुरीको नयाँ गित सार्वजनिक भएको छ । गायिका पूर्णिमा सेन ठकुरीको लय र शब्दमा तयार पारिएको नानिला बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा रुकुमपूर्वको मयाङ, हुकाम, रन्मा र मैकोट लगायतका विभिन्न गाउँहरुमा पुर्खाले गाउँदै आएका मौलिक लोकभाका झल्किने शब्द र संगीत समेटेर नानिला बोलको गित तयार पारिएको गायिका सेनले जानकारी दिनु भएको छ । गयिका सेन ठकुरीको जन्म भूमि ठलो मयाङ गाउँमा म्युजिक भिडियो आकर्षक ढंगले छायांकन गरिएको छ । जस्ले रुकुमपूर्वमा लुकेर रहेका संस्कृतिको झल्को दिएको छ भने भर्खरै बजारमा आएको नयाँ गीत ‘नानिला बोलको गीतले परम्परागत संस्कृतिलाई झल्काएको छ ।

उक्त गीतको म्युजिक भिडियोमा आफ्नै गाउँको परिवेश र मौलिक पहिरनलाई विशेष प्राथमिकता दिइएको छ । म्युजिक भिडियोमा गायक कुमार पुन, पूर्णीमा सेन ठकुरी र पिम्सरा आले मगरको आवाज रहेको छ । उक्त भिडियोकाे अभिनय प्रकाश दुरा, रिया बलामी र राज सेन ठकुरीले गर्नुभएको छ ।

नानिला बोलको म्युजिक भिडियोमा मुख्य भूमिका निभाएका राज सेन ठकुरीले भिडियोमा अभिनय गर्न पाउँदा निकै उत्साहित भएको बताउनुभयो । आफ्नै जन्म स्थानको सस्कृतिलाई गीत मार्फत बाहिर ल्याउन पाउँदा पुर्खेउली सस्कृतिकाे उजागर गरेको बताउनुभयो । गायिका सेनको शब्द र लयमा रहेको उक्त गीतमा राज सेन ठकुरीको दमदार अभिनयले म्युजिक भिडियोलाई अझ प्रभावशाली बनाएको छ ।

म्युजिक भिडियोमा पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको  सुनदह, वडा नम्बर १ को  पुथा हिमाल, वडा नम्बर ६ को तातो पनी, वडा नम्बर ५ को   जल्पा नम्सै गो ताल लगायत विभिन्न पर्यटकिय स्थलहरुकाे दृष्यहरु कैद गरिएको छ । विवेस बुढा मगरको निर्देशन तथा मिलन घर्ती मगर र कल्याल ठकुरीकाे छायाङ्कमा भिडियो तयार पारिएकाे हाे ।।