
रुकुम पुर्व सिस्ने गाउँपालिका ५ का जितेन्द्र बुढाथोकिले श्री स्मृति आधारभूत विद्यालयका १४ जना बालबालिकालाई विद्यालयको वार्षिकोत्सवको अवसरमा झोला सहयोग गर्नुभएको छ ।
उहाँ लेख्नुहुन्छ, “हिजो जस्तो लाग्छ बिहानै उठेर रसिद बोकेर शिक्षकको तलब जुटाउन घर-घरमा पुगेको त्यो क्षणबाट आज १३ वर्ष बितिसकेछ । सिस्ने गाउँपालिका–५, दुदिल्लागैरा क्षेत्रका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले स्थापित यस विद्यालय साविक वडा नम्बर ९ का पाँचजना शहिदहरुको सम्झनामा नामाकरण गरि एउटा खरको गोठबाट संचालन गरिएको थियो र करिब ५/६ वर्ष त्यसरी नै बिते ।
विद्यालयको शुरुवात चन्दा संकलनबाट गरिएको थियो—जहाँ शिक्षकले मासिक दुई हजार रुपैयाँ सेवासुविधामा काम गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । हाल विद्यालयमा शिशु कक्षा देखि ३ सम्म सम्म संचालन भैरहेको र गाउँपालिकाको सहयोगमा तीनजना कर्मचारी कार्यरत हुनुहुन्छ ।
स्थापनाकालमा व्यवस्थापन समितिका संस्थापक अध्यक्ष आदरणीय बलबहादुर छिनालको दृढ नेतृत्व, शिक्षण र अभिभावक दुवै भूमिका निर्वाह गर्दै समर्पित बसन्त बस्नेतको निरन्तर योगदान, स्रोत व्यक्ति सर बलबहादुर शाहीको मार्गदर्शन, निःशुल्क जग्गा प्रदान गर्नुहुने नलबहादुर थापा, विद्यालयको भवन सौचालय लगाएत भौतिक पुर्वाधार निर्माणको लागी बजेट व्यवस्था गर्नुहुने पूर्व वडा अध्यक्ष शान्त बहादुर विक लगाएत सम्पुर्णमा धन्यवाद ।
यस्तै सुरुवातमै प्रेरणा, सुझाव र हौसला दिनुहुने सुर्यबहादुर नेपाली, भरतकुमार मल्ल, चेतराम परियार, र स्व. बलबहादुर जिएमप्रति पनि उच्च सम्मान प्रकट गर्दछु ।
बिगतका दिनहरुमा शिक्षकको तलब, विद्यालयको घेराबारजस्ता आधारभूत पक्षमा साथ दिनुहुने सबै सहयोगी मनहरू प्रति पनि स्नेहसहितको कृतज्ञता व्यक्त गर्दछु । यो विद्यालय शहीदहरूको अमर स्मृतिमा उभिएको प्रेरणाको ज्योति बनेर आगामी पुस्तालाई उज्यालो भविष्यतर्फ डोयाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि विद्यालयको लागि साथ सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।”