कविता

जब तिमीलाई मेरो याद आउँछ
तिमी यो सोचेर सानो मन नगर्नु कि
तिम्रो र मेरो बिचमा कति भाषाका नदि छन्
कति अनुशासनको समुन्द्र छन्
घामका सरोवर
छायाँका जङ्गल
तिमी यो दूरीदेखि नडराउनू
मन भित्र झाकेर र्हेयौ भने
त्यही हो सहवासको मौसम
दूरी चाहे जति होस्
म तिमीदेखि टाढा छैन
ढल्दै गरेको सुर्य बनेर आखिर तिम्रो घरमा को आउँछ
घट्दो चन्द्रमाको भेष बदलेर
तिम्रो झ्यालमा कसले ढकढक्याउँछ
अनि त्यो बूढो रूख पनि मै हुँ
जसको छायाँले
झुकेर तिम्रो शिरमा चुम्बन गर्छ

जब तिमीलाई म याद आउँछु
मरियम, तिमी मात्र
ढ्ल्दै गरेको सुर्य,
घट्दो चन्द्रमातर्फ हेर्नू
अनि त्यहीँ रूखको छायाँले आफ्नो आँसु पुछेर
अगाडि बढ्दै जानू ।।

कवि ; राही मासूम रजा
अनुवाद ; जनक कार्की