रुकुम(पूर्व) मा राप्ति साहित्य परिषद जिल्ला शाखाले साहित्यीक कार्यक्रम सम्पन्न गरेको छ । आज जिल्ला सदरमुकाम रुकुमकोटस्थित रुक्मिणी माविको हलमा परिषदले साहित्यीक कार्यक्रम गरेको हो । राप्ती साहित्य परिषद रुकुम(पूर्व) ले गजल, कविता र मुक्तक प्रतियोगिता सम्पन्न गरेको हो । कविता वाचन प्रतियोगितामा १४ जना, मुक्तक प्रतियोगितामा ५ जना र गजल प्रतियोगितामा ३ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए ।

कविता प्रतियोगितामा सिस्ने गाउँपालिका ४ की भूमिकासिंह ठकुरीले प्रथम स्थान हासिल गर्नुभएको छ । भूमे गाउँपालिका ५ की हिरा बुढामगर र सिस्ने ५ का हिमशिखर शाहले दोस्रो स्थान हासिल गर्दा सिस्ने ५ की प्रीया बुढाक्षेत्री र त्रिवेणी गाउँपालिका रुकुम(पश्चिम) का चोभा पुनमगर तेस्रो स्थान हासिल गर्नुभएको छ । मुक्तक प्रतियोगितामा कमला रसाइलीले प्रथम स्थान हासिल गर्नुभएको छ । भुपेन्द्र बुढामगरले दोस्रो स्थान हासिल गर्दा भूमे गाउँपालिकाका प्रकाश बुढामगरले तृतीय स्थान हासिल गर्नुभएको छ ।

यस्तै गजल प्रतियोगितामा हिमशिखर शाहले अमर खत्रीले दोस्रो र रेखा ओलीले तृतीय स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा स्थान हासिल गर्नेहरुलाई नगद र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा थुप्रै सर्जकहरुले साहित्यीक कोशेलीहरु पस्कनुभएको थियो । कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले साहित्य समाजको प्रतिबिम्भ भएको बताउनुभएको छ । साहित्यले समाजलाई डोर्याउने गरेको भनाई पनि उहाँले राख्नुभयो । आगामी दिनमा साहित्यको क्षेत्रमा सिस्ने सरकारले आवश्यक सहयोग गर्ने अध्यक्ष रेग्मि र उपाध्यक्ष गोपाल रउलेले प्रतिबद्धता जनाउनुभएको छ ।

राप्ति साहित्य परिषद रुकुम(पूर्व) जिल्ला शाखाका अध्यक्ष कमानसिंह विष्टको अध्यक्षतामा भएको साहित्यीक कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतीथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, वडा नम्बर ५ का वडाध्यक्ष बिरेन्द्र बस्नेत, ६ का वडाध्यक्ष पूर्णजंग मल्ल, रुक्मिणी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश थापा, प्रधानाध्यापक चन्द्रबहादुर मल्ल, जिल्ला उद्योग बाणीज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्ल, रराप्ति साहित्य परिषदका पूर्व अध्यक्ष एवम् हालका सल्लहकार फत्ते ओली, समाजसेवी तथा साहित्यकार टिकाराम उपाध्याय, तारकबहादुर शाह, राप्ति साहित्य परिषदका सल्लाहकार भूवनेश्वर उपाध्याय, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सचिवालय सदस्य वासुदेव गौतमलगाएतको आतीथ्यता रहेको थियो ।

कार्यक्रममा प्रतियोगी, साहित्यप्रेमी स्रष्टा सर्जकहरुको उपस्थिती रहेको थियो । राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम(पूर्व) की उपाध्यक्ष जमुना गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम(पूर्व) की सदस्य उर्मिला गौतमले गर्नुभएको थियो ।