रुकुम(पूर्व) मा बागेश्वरी असल शासन क्लब (बास) शाखाको दोस्रो अधिबेशन सम्पन्न गरिएको छ । जिल्लाका सिस्ने गाउपालिकामा बुधबार नयाँ कार्यसमिति चयन गर्दै बासको दोस्रो अधिबेशन सकिएको हो । उर्मिला गौतमको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिती चयन गरिएको हो ।
जसको उपाध्यक्षमा जितेन्द्र बुढाथोकी, सचिवमा मदन बिसि, सहसचिबमा जयमान बुढा मगर र कोषाध्यक्षमा हिक्मत प्रोतेललाई चयन गरिएको छ । बास रुकुम(पूर्व) शाखाका तत्कालीन अध्यक्ष सर्जना कार्कीको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो ।