बालाराम शेर्पाली
रुकुम(पूर्व) को भूमे गाउँपालिका ८ चुनबाङमा शहिद शुक्र बाल क्लब समूहले बाल वाल विवाह न्यूनिकरण तथा पोषण सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेको छ । बालविवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिकालाई जानकारी दिने उद्देश्यले यो सडक नाटक प्रदर्शन गरिएको क्लबले जनाएको छ ।
उक्त सडक नाटकमा विद्यालय जाने उमेरमा हुने प्रेम सम्बन्ध, त्यसमा परिवारको असहमति, प्रेम सम्बन्धले ति बालबालिकाको शिक्षमा परेको नकारात्मक असर र समग्रमा कलिलै उमेरमा आमा बन्दा बालिकाको स्वास्थ्यमा परेको दीर्घकालिन असर र त्यसको कारण बालिकाको मृत्यु भएको बारेमा नाटक प्रदर्शन गरिएको छ । यस्तै पोषण सम्बन्धी ६ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई कुपोषण घटाउन र उनिहरुलाइ जागरुग फुर्तीलो र तन्दुरुस्त हुन र बजारिय जङ फुड बाट टाढा रहन साथै भूमे गाउँ पालिकलाइ बाल विवाह मुक्त पालिका बनाउन बाल बिबाह न्यूनिकरण तथा पोषण सम्बन्धी जनचेतनामुलक कार्यक्रमको सुरुवात गरिएको छ । उक्त कार्यक्रम भूमेकोे ९ वटै वडामा सन्चालन गरिने छ ।
नाटकका कलाकार एस बि मगर , पार्बती सुनार निर्मला सुनार , अर्जुन बिक ,कमल बिक ,बिपना रोका ,कुसुम रोका निरिसा सुनार लगाएत ८ जना पात्रहरु हुनुहुन्छ ।