रुकुम (पूर्व) को सिस्ने गाउँपालिकामा स्नोकर टुर्नामेन्ट सुरु भएको छ । २७ औ जनयुद्ध दिवसको अवसर पारी योङ कम्यूनिष्ट लिग (वाइसीयल) सिस्ने गाउँपालिकाले आयोजना गरेको स्नोकर टुर्नामेन्टको आज उद्धघाटन गरिएको हो । टुर्नामेन्ट छिप्रीदहमा सञ्चालन भइरहेको छ ।

टुर्नामेन्टमा रुकुम (पूर्व) को सिस्ने र भूमे गाउँपालिकासहित रुकुम (पश्चिम) का खेलाडीहरुले भाग लिएका छन् । टुर्नामेन्टमा १५ टीमले प्रतिस्पर्धा गरिरहेको वाइसीयल सिस्ने गाउँपालिकाले जानकारी दिएको छ । टुर्नामेन्टमा प्रथम स्थान हासिल गर्नेलाई १५ हजार, दोस्रो स्थान हासिल गर्नेलाई १० हजार र तेस्रो स्थान हासिल गर्नेलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

आयोजकका अनुसार प्रथम पुरस्कारको प्रायोजन निर्माण व्यवसायी संघ रुकुम –पूर्व) का अध्यक्ष सविन पुन, दोस्रो पुरस्कारको प्रायोजन राजन एण्ड रजन कन्स्ट्रक्सन प्रालीका सञ्चालक दुर्गा बोहोरा र तेस्रो पुरस्कारको प्रायोजन वाइसीयल रुकुम (पूर्व) का संयोजक भाष्कर रेउलेले गर्नुभएको छ । खेल भोलीसम्म चल्ने छ ।