रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले लैगिंक हिंसा अन्त्य गर्न सबैजना एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

रामेछाप नगरपालिकाले आयोजना गरेको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा बोल्दै उहाँले नेपालमा कानुनी र नितीगत व्यवस्था हुँदाहुँदै पनि लैगिंक हिंसा बढ्दै गएको भन्दै यसको अन्त्यका लागी सबै आ–आफनो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।

स्थानिय तहहरुले विभिन्न जनचेतनामुलक सचेतनाका कार्यक्रमहरु सन्चालन गर्ने गरेका कारण पनि पछिल्लो समय गाउँघरमा लैगिंक हिंसामा केही कमि आएको उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिकाले लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाएको छ । नगरपालिकाले ‘घरैबाट शुरू गरौ, महिला हिंसा अन्य गरौ’ भन्ने मूल नाराका साथ वडा वडामा पुगेर लैगिंक हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकामा महिलाको नाममा दार्ता भएका विभिन्न व्यवसायहरुको स्टल राखेर उनिहरुले उत्पादन गरेका विभिन्न चिजवस्तुहरु पनि प्रदर्शनी गरिएको छ । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा आज सडक नाटक,कविता वाचन,नृत्य लगायतका विभिन्न कार्यक्रमहरु गरिएको थियो ।