
रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा स्थानिय निती निर्माता तहका लागि बृहत यौनिकता शिक्षा कार्यक्रम सम्बन्धि समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष यूएनएफपिएको प्राविधिक सहयोग, अष्टे«लियन एडको आर्थिक सहयोग र नेपाल परिवार नियोजन संघको आयोजनामा समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको हो ।
विभिन्न साझेदार संघ संस्थाको सहयोगमा सञ्चालन भइरहेको यस कार्यक्रम स्थानिय सरकारबाट सञ्चालन गरि कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन योजना तर्जुमा कार्यक्रमको आयोजना गरिएको युनएफपिएका जिल्ला कार्यक्रम संयोजक भुवन सेजुवालले जानकारि दिनुभयो । मातृ शिशु मृत्युदर र बाल मृत्युदर घटाउन, बाल विवाहलाई शुन्यमा झार्न र सवै किशोर किशोरिलाई माध्यामिक तहसम्मको पठनपाठनमा आवद्ध गराउन यस कार्यक्रमले महत्वपूर्ण सहयोग गरिरहेको सेजुवालले बताउनुभयो ।
कार्यक्रममा सिस्ने गाउँपालिकामा यस कार्यक्रम लागु हुन पुर्व र कार्यक्रम लागु भए पश्चात कार्यक्रमले पारेको प्रभावका विषयमा छलफल भएको थियो । कार्यक्रम लागु हुनु पुर्र्व धेरै किशोरीहरु यौन तथा प्रजननका बारेमा खुलेर कुरा नगर्ने भएपनि कार्यक्रम लागु भए पश्चात अहिले सबै किशोर किशोरीहरु यौन तथा प्रजनन स्वास्थ्यका कुराहरु खुलेर गर्ने गरेको त्रिभुवन जनता माविका शिक्षक लोकमणि शर्माले बताउनुभयो । विद्यालयमा कार्यक्रम लागु हुनु पुर्व किशोरीहरु महिनावारी भएको समयमा विद्यालय नआउने परिपाटी रहेकोमा अहिले त्यसमा पनि सुधार हुर्दै गएको शर्माको भनाई छ ।
कार्यक्रममा गाउँपालिकाभित्रका अन्य विद्यालयमा पनि यस कार्यक्रमले किशोरीहरुलाई चेतनशिल र सक्षम बनाउन सहयोग गरिरहेको निस्कर्ष निकालिएको थियो । गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामि आर्थिक वर्ष देखि यस कार्यक्रमलाई निति तथा कार्यक्रममा समेटेर लागु गर्न प्रयास गर्ने निर्णय गरेको छ ।
यस्तै स्थानिय पाठयक्रमा पनि बृहत यौनिकता शिक्षा सम्बन्धि विषयवस्तु समावेश गरि कार्यान्वयन गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिनुभएको छ ।