नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व जिल्ला शाखाले ६१ औ नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा विद्यालय स्तरमा हाजिरी जवाफ, कविता र वक्तृत्वकला प्रतियोगिता संचालन गरेको छ ।
रुकुम पूर्व जिल्ला शाखाद्धारा संचालित समुदायको अगुवाईमा विपद् जोखिम न्यूनिकरण कार्यक्रमको सहयोग तथा नेपाल जुनियुर युवा रेडक्रस सर्कल त्रिभुवन जनता माध्यामिक विद्यालयको आयोजनामा सिस्ने गाउँपालिका वडा नं. ६ मा रहेको त्रिभुवन जनता माध्यामिक विद्यालयमा सदन स्तरिय आधारभुत तह (१ देखि ५) सम्म हाजिरी जवाफ प्रतियोगिता, संचालन गरिएको हो । (६ देखि ८) सम्म कविता प्रतियोगिता र माध्यामिक तह (९ देखि १२) सम्मका विद्यार्थीहरुको उपस्थितीमा वक्तृत्वकला प्रतियोगीता कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि, अध्यक्ष लगायतत उपस्थित व्यक्तिहरुले रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको फोटोमा माल्यार्पण पनि गर्नुभएको थियो ।
जुनियर युवा रेडक्रस सर्कलको क्षमता विकासमा सहयोग पुर्याउनका लागी आयोजना गरिएको उक्त तिन चरणको कार्यक्रमको मुख्य सहजीकरण त्रिभुवन जनता माध्यामिक विद्यालयका शिक्षक रामचन्द्र दाहालले गर्नुभएको थियो भने आधारभुत तहमा हाजिरी जवाफ प्रतियोगिताको सहजिकरण जुनियर युवा रेडक्रस सर्कलका सचिव अटल गौतम, कविता प्रतियोगिताको सहजिकरण जुनियर युवा रेडक्रस सर्कलको सदस्य टिका के.सी र माध्यामिक तहमा संचालन भएको वक्तृत्वकला प्रतियोगिताको सहजिकरण जुनियर युवा रेडक्रस सर्कलको संयोजक प्रतिष्णा राजभण्डारीले गर्नुभएको थियो ।
सदन स्तरिय हाजिरी जवाफ प्रतियोगितामा कक्षा ४ र कक्षा ५ का गरी चार सदनका जम्मा १६ जना, आधारभुत तह कक्षा ६ देखि ८ सम्मका जम्मा १० जना विद्यार्थीहरुले कविता प्रतियोगितामा भाग लिएका थिए । माध्यामिक तह कक्षा ९ देखि १२ सम्मका जम्मा ९ जना विद्यार्थीहरुले वक्तृत्वकला प्रतियोगितामा भाग लिएका थिए । हाजिरी जवाफ प्रतियोगितामा ११ अंक लिएर धर्मभक्त सदन प्रथम, १० अंक लिएर गंगालाल सदन द्धितिय र ९ अंक लिएर शुक्रराज सदन तृतिय भएको थियो भने ४ अंक लिएर दशरथ सदन सान्त्वना भएको थियो ।
आधारभुत तहमा संचालन भएको कविता प्रतियोगितामा कक्षा ७ कि रोजिता शर्माले प्रथम स्थान, कक्षा ८की निकीता वि.क.ले द्धितिय स्थान, कक्षा ८ की टिका बोहराले तृतिय स्थान र कक्षा ७ कि वर्षा झाक्रीले सान्त्वाना स्थान प्राप्त गर्नुभएको थियो । त्यसैगरी माध्यामिक तहमा संचालन भएको वक्तृत्वकला प्रतियोगितामा कक्षा १० कि टिका के.सी. ले प्रथम स्थान, कक्षा ९का अटल गौतम ले द्धितिय स्थान, कक्षा ९ की अञ्जना वि.क. ले तृतिय स्थान र कक्षा १० कि इनशा घर्तीले ले सान्त्वाना स्थान प्राप्त गर्नुभएको थियो ।
त्रिभुवन जनता माध्यामिक विद्याल छिप्रिदहका प्रध्यानाध्यापक मदन कुमार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख मोहन बहादुर के.सी.को प्रमुख र नेरेसो रुुकम पूर्वका सभापति दामोदर गौतमको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व जिल्ला, शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्व र विद्यालयका शिक्षक शिक्षीका तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।