रामेछापको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा रहेको श्री बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीले जाडोमा लगाउने न्यानो कपडा पाएका छन ।

जर्मन रोटरी क्लबका डाक्टर कालुज प्रिन्जले विद्यालयका ९० जना विद्यार्थीलाई स्वीटर र टोपी वितरण गर्नुभएको विद्यालयका शिक्षक शंकरलाल श्रेष्ठले जानकारी दिनुभयो ।

शिशुदेखी कक्षा ५ सम्म अध्यनरत सबै विद्यार्थीलाई यो जाडोमा लगाउने स्वीटर र टोपी वितरण गरिएको शिक्षक श्रेष्ठले बताउनुभयो । यस विद्यालयलाई जर्मन रोटरी क्लबले बेलाबेलामा सहयोग गर्दै आएको छ ।