रुकुम (पूर्व) मा जनयुद्ध दिवसको अवसर पारी स्नोकर टुर्नामेन्ट हुने भएको छ । फागुन १ गते पर्ने जनयुद्ध दिवसको अवसर पारी योङ कम्यूनीष्ट लिग वाइसीयल सिस्ने गाउँपालिकाले स्नोकर टुर्नामेन्टको आयोजना गर्न लागेको हो ।

जिल्लामा स्नोकरको खासै क्रेज छैन् । नयाँ खेल भित्र्याउने उदेश्यले जनयुद्ध दिवसको अवसर पारी स्नोकर टुर्नामेन्टको आयोजना गरिएको योङ कम्यूनीष्ट लिग वाइसीयलका जिल्ला संयोजक तिलक रेउले (भाष्कर) ले जानकारी दिनुभयो । यो खेल जिल्लामै पहिलो पटक आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार टुनामेन्टमा प्रथम स्थान हासिल गर्नेलाई १५ हजार, दोस्रो स्थान हासिल गर्नेलाई १० हजार र तेस्रो स्थान हासिल गर्नेलाई पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ । खेलाडीले माघ २९ गतेसम्म नाम दर्ता गराउन सक्ने छन् । दर्ता शुल्क एक हजार तोकिएको छ । टुनामेन्ट फागुन १ गते दिउसो ११ बजे उद्धघाटन हुने बताइएको छ ।।