लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले जनताले विकासको अनुभुती हुने गरि काम गरेको बताउनुभएको छ । उहाँले लुम्बिनी प्रदेश स्थापना देखीको करिव ४ वर्ष उपलब्धीको वर्ष भएको बताउनुभयो । आगामी वर्षको सरकारका काम कार्यलाई प्रभावकारी बनाउनको लागि अझै प्रदेश सरकारले गति प्रदान गरी अगाडि बढाइने उहाँको भनाई छ । प्रदेशका चौथो स्थापना दिवसको सभालाई सम्वोधन गर्दै उहाँले भन्नुभयो, “प्रदेशले जनताको आकांक्षाहरुलाई पूरा गर्नका लागि सरकार निरन्तर लागेको छ ।”

उहाँले लुम्बिनी प्रदेश सरकारको ३ वर्ष राजनीतिक हिसावल एकल जस्तो भएपनि पछिल्लो एक वर्ष नयाँ राजनीतिक सहकार्यतामा सरकार निर्माण भएकोले गठबन्धीय राजनीतिले अझै जनतालाई धर धुरीमा सेवा प्रदान गर्नका लागि अगाडि बढेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारले प्रदेशबासी जनताको गास, बास, कपास, शिक्षा स्वास्थ्य लगायत सबैपक्षको सुधार गर्नका लागि निरन्तर प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले शिक्षामा लुम्बिनी विश्व विद्यालय, स्वास्थ्यमा लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती अस्पताल, प्रर्यटकीय क्षेत्र, शैक्षिक क्षेत्रमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम, सडक, पुल लगायतय सबैलाई अगाडि बढाएको बताउनुभयो । उहाँले गौतम बुद्धको जन्म र परिवर्तनको लागि उर्वर भूमि लुम्बिनी प्रदेश जनतालाई अनुभूती हुने गरी अगाडि बढाएको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेशलाई समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश निर्माण गर्नका लागि अगाडि बढाएको बताउनुभयो । त्यसका लागि लुम्बिनी प्रदेशबारीलाई आह्वान गर्नुभयो । यस्तै संघीय सरकारले लुम्बिनी प्रदेशको विकासका लागि संघीय सरकार लागि परेको बताउनुभयो । मुख्यमन्त्री केसीले आफ्नो पहलमा नै राजधानी निर्माण र नामकरण लगायतको काम अगाडी बढाएको बताउँदै अगाडि बढेको बताउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले सधै देश र जनताको लागि सरकार रहेको प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा अझै त्यसलाई सकरात्मक रुपमा अगाडि बढाउनको लागि लागि परेको बताउनयभो ।

प्रदेश सरकारले प्रदेशमा रही विभिन्न समाज सेवा गर्दै आउनुभएका ५७ जनालाई विभिन्न पदकबाट सम्मानित गरेको छ ।