रुकुम (पूर्व) मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भूमे गाउँपालिका–४ करालबगरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । ४ जना घाइते भएका छन् । मंगलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले जानकारी दिनुभयो ।

रा १ च ३२४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गम्भिर घाइते भएका रोकाको उपचारको लागि दाङ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते हुनेमा ट्याक्टर चालक सहित ४ जना रहेको छन् । प्रहरी निरीक्षक बानीयाँकाअनुसार अर्का भूमे–८ कै १९ वर्षीय सुन्दर रोकाको दाङमा उपचार भइरहेको छ ।

बाँकी तीन जनाको उपचार रुकुमपूर्व अस्पतालमै भइरहेको बानियाँले बताउनुभयो । ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बानियाँको भनाइ छ । ट्याक्टर सडक देखि अन्दाजी ३ सय मिटर तल खसेको थियो ।