काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित गरिएको छ ।

आज एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएकाे संसद् सचिवालयका एक अधिकारीले बताए ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा शुक्रबारको बैठक सार्नका लागि आग्रह गरेको हुँदा बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।