रुकुम(पूर्व) मा नयाँ परियोजना सञ्चालन हुने भएको छ । जिल्लामा ग्रामीण स्वास्थ्य सुधार परियोजना सञ्चालन हुन लागेको हो । फेरमेड फाउन्डेसनको सहयोगमा जिल्लामा क्रियाशिल स्थानीय गैरसरकारी संस्था सर्वाङ्गीन विकास केन्द्र रुकुम(पूर्व) ले जिल्लाका तीन वटै स्थानीय तहमा यो परियोजना सञ्चालन गर्न लागेको हो । २०२२ बाट सुरु भई यो परियोजना तीन वर्षसम्म रहने छ ।

मातृ तथा नवजात शिशुको स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारलाई सहायेग गर्ने उदेश्यले यो परियोजना सञ्चालन गर्न थालिएको हो । जिल्लाका सिमान्तकृत समुदायको स्वास्थ्यमा सुधार गर्ने लक्षका साथ यस परियोजनामार्फत विभिन्न क्रियाकलापहरु सञ्चालन गरिने सर्वागींन विकास केन्द्र रुकुम(पूर्व)का कार्यकारी निर्देशक लिलामणी गौतेमले जानकारी दिनुभयो । उहाकाअनुसार यस परियोजनाले गाउँपालिकाहरुमा एकीकृत स्वास्थ्य सेवाको व्यवस्थापन र उपयोगलाई सुदृढ पार्ने छ ।

मातृ तथा नवजात शिशु दुवैको स्वास्थ्य सुदृढ पार्दै यसमा स्वास्थ्यकर्मी, सामुदायिक स्वास्थ्य स्वयमसेवक र स्वास्थ्य संस्था, संगठन व्यवस्थापन, समितिहरुको क्षमता अभिवृद्धिमा सहयोगका साथै नीतिगत संलग्नता र प्राविधिक सहयोग परियोजनाको रहने छ । यस्तै स्वास्थ्य सेवा वितरणमा गाउँपालिका र वडा अधिकारीहरुलाई संवेदनशिल बनाउदै स्वास्थ्य आमा समुह सुदृढीकरण आइसी, बिसीसी गतिविधिहरु र सामुदायिक गतिविधिहरु पनि सञ्चालन गरिने छ ।

परियोजना सञ्चालनको लागि अहिले आवश्यक कर्मचारी पदपूर्तीको काम भइरहेको कार्यकारी निर्देशक गौतमले बताउनुभयो । यस्तै परियोजना सुरु हुनुपूर्व नै सर्वाङ्गीन विकास केन्द्र रुकुम(पूर्व)ले जिल्लाका तीन वटै स्थानीय तह र रुकुम(पूर्व) अस्पतालमा चार हजारका दरले सर्जिकल मास्क, दुई सय बोतलका दरले स्यानीटाइजर, फेससील्ड, पीपीइ सेट लगाएतका सामाग्रीहरु वितरण गरेको कार्यकारी निर्देशक गौतमले बताउनुभएको छ ।