रुकुम(पूर्व) अस्पताल विकास समितिको अध्यक्षमा गनेश ओली नियुक्त हुनुभएको छ । आइतबार बसेको लुम्बिनी प्रदेशको मन्त्रि परिषद बैठकले ओलीलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

यस अघि रुकुम(पूर्व) अस्पतालको अस्पताल विकास समिति अध्यक्षमा फत्ते कुमारी ओली हुनुहुन्थ्यो । यस्तै प्रदेश खेलकुद परिषदको सदस्यमा रुकुम (पूर्व) का दुतबहादुर पुन नियुक्त हुनुभएको छ ।