रुकुम (पूर्व) को सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल र माओवादी केन्द्रका सिस्ने गाउँपालिका इन्चार्ज एवम् प्रदेश समिति सदस्य कृष्ण रेग्मी लगायत प्राविधिक टोलीले कृषि सडकको अनुगमन गरेको छ । पालिका अध्यक्ष बराल र इन्चार्ज रेग्मीको टोलीले सिस्ने ५ को दुदिलागैरा, भैसेखाल, पाथीहाल्ना हुदै ६ को द्वारे, झिङरी हुदैँ होरदिङ जोडने कृषि सडकको अनुगमन गरेको हो ।

लुम्बिनी प्रदेश सरकारको क्रमागत बजेटबाट उक्त सडक निर्माणको काम गरिएको छ । गत आर्थिक वर्ष २०७७÷७८ को बजेटबाट ५ नम्बर वडाको दुदिल्लागैरा, भैसेखाल, पाथीहाल्ना हुदै ६ को द्वारेसम्म झण्डै चार किलोमिटर सडकको ट्रयाक खोलिएको थियो । यस वर्ष द्धारेबाट चालडाडासम्म एघार सय मिटर गरि कुल ५ किलोमिटर सडकको ट्रयाक खोली सकिएको छ । यसै वर्ष द्वारे, झिङरी हुँदै होरदिङसम्म सडक खन्ने लक्ष्य लिइएको भएपनि दोस्रो चरणको बजेट प्रदेशले फिर्ता लिएपछि बाकि काम हुन नसकेको सडक पूवार्धार विकास कार्यालयका इन्जिनियर विकास गौतमले बताउनुभयो ।

यस वर्ष खनिएको सडक अघिल्लो वर्षको तुलनामा राम्रो रहेको जनप्रतिनिधि र प्राविधिकले निस्कर्ष निकालेका छन । यस वर्ष एमवि ग्रुप प्रालीले भ्याटसहित १२ लाख ५५ हजारमा एघार सय मिटर सडकको ट्रयाक खुलाएको थियो । यो सडक झिङरी हुँदै होरदिङसम्म जोडिएमा त्यहाँका किसानलाई उत्पादन विक्री गर्न र बजारको सामान गाउँमा भित्राउन सहज हुनेछ ।